Logo

‘ओली सरकारले एक वर्षमा भाषणबाहेक केही काम गरेन’



काठमाडौं, ४ फागुन । सरकारलाई समर्थन गरेको राजपा नेपालका शीर्ष नेता एवम् संसदीय सुनुवाई विशेष समितिका सभापति लक्ष्मणलाल कर्णले ओली सरकारले यो एक वर्षमा भाषणबाहेक अरु केही पनि काम गर्न नसकेको आरोप लगाएका छन् ।

शनिबार रिपोर्टर्स नेपाल डटकमसँगको कुराकानीमा उनले यस्तो बताएका हुन । उनले भने,‘सरकारले यो एक वर्षमा जनताको चाहना र आकांक्षा केही पनि पुरा गर्न सकेन् । भाषणबाहेक केही गर्न सकेन् ।’

मधेशी जनता त यो सरकारसँग झन असन्तुष्ट रहेको पनि बताए । कर्णले भने,‘संविधान संशोधन गर्छु भन्यो, तर सरकारले यसबारे अहिलेसम्म केही पनि गरेन् ।’



प्रतिक्रिया दिनुहोस्