Logo

पशुपति शर्मा भन्छन्–सरकारको विरोध गरेको होइन, सचेत गराएको हुँ



फागुन ५, काठमाण्डौ । विवादित बनिरहेको गीत ‘लुट्न सके लुट..’ का गायक पुशपति शर्माले आफूले आग्रह पूर्वाग्रह भएर गित नगाएको स्पष्ट पारेका छन् ।

आफू कुनै पनि दलमा आवद्ध नभएको दावी गर्दै उनले सत्तारुढ दल नेकपाका कार्यकर्ताले लगाएको आरोपको खण्डन गरे ।

प्राइम टाइम्स टेलिभिनजको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै शर्माले प्रधानमन्त्री र राष्ट्रपतिले आफ्नो गित सेन्सर नगरी पुनः युटुबमा अपलोड गर्ने वातावरण बनाईदिनेमा आशा गरेका छन् ।

आफ्नो गितले श्रोता र दर्शकलाई मनोरञ्जन मात्रै नदिई सरकार चलाउनेलाई सगज पनि गराएको शर्माको जिकिर छ ।

शर्माले सरकारपक्षीय कार्यकर्ताको तिब्र आक्रोश र दबाबपछि गित युट्युबबाट हटाएका थिए ।

गीत भाइरल भएपछि नेकपासम्बद्ध कार्यकर्ताहरूले सामाजिक संजालमा पशुपति शर्मा बहिस्कार अभियान चलाएका थिए । त्यतिमात्रै होइन युवासंघ नेपाल नामको फेसबुक पेजबाट उनीबिरुद्ध धम्की दिएर बक्तब्य निकालिएको थियो ।

कार्यकर्ताहरूको आक्रोशबाट आत्तिएका गायक शर्माले शनिबार साँझ गीतमा प्रयोग भएका केही शब्दमा विवाद भएको भन्दै युट्युव पेजबाट गीत हटाएका हुन् ।

आजै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले संस्थाका वर्तमान उपाध्यक्ष पशुपति शर्माको लुट्न सके लुट गीतलाई जस्ताको तस्तै युट्युबमा अपलोड गर्न आग्रह गरेको छ ।

बद्री पंगेनी अध्यक्ष रहेको उक्त संस्थाको आज बसेको आकस्मिक बैठकपछि विज्ञप्ति जारी गर्दै गीत संगीत अभिनय लगायतका अभिव्यक्तिका माध्यामबाट जनताले सरकारको या सार्वजानिक पदधारकको आलोचना गर्न पाउनुपर्ने उल्लेख गरेको छ ।



प्रतिक्रिया दिनुहोस्