Logo

नेतृत्वले मेरो योग्यताअनुसारको भूमिका दिएन : विरोध खतिवडा (भिडियोसहित)



फागुन ११, काठमाण्डौ । सत्तारुढ दल नेकपाका नेता तथा प्रतिनिधीसभा सदस्य विरोध खतिवडाले पार्टीले आफूलाई उचित स्थान नदिएकोमा असन्तुष्टी व्यक्त गरेका छन् ।

प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै खतिवडाले पार्टीलाई आफूले दिएको योगदान अनुसार जिम्मेवारी नपाएको गुनासो गरेका हुन् ।

चारपटक चुनाव जित्दा पनि खतिवडा मन्त्री बन्न सकेका छैनन् । उनले जनप्रतिनिधी बनाउन जनताको भोटले काम गरे पनि मन्त्री बन्न त्यो भोटले काम नगर्ने भएकाले अवसर नपाएको उनले बताए ।

पार्टी नेतृत्वले उचित कदर गर्ने हो भने आफू मन्त्री बन्न योग्य भएको खतिवडाको दावी छ । तर आफू मन्त्री बन्नका लागि रोइलो गरेर कहिल्यै नहिँड्ने बताए ।

नेता खतिवडाले पार्टी एकता प्रक्रिया टुङ्ग्याउन गठन गरिएको कार्यदल असफल हुँदा प्रक्रिया पुनः शुन्यमा पुगेको बताए ।



प्रतिक्रिया दिनुहोस्