Logo

सभापति देउवा कांग्रेसको अभिभावक बन्न सक्नुभएन : सुजाता कोइराला (भिडियो)



फागुन ११, काठमाण्डौ । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले पार्टीको संगठन निर्माणमा नेतृत्वको भूमिका कमजोर देखिएको आरोप लगाएकी छिन् ।

प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै कोइरालाले पछिल्लो समय कांग्रेसको भूमिका सन्तोषजनक पनि हुन नसकेको बताइन् ।

कांग्रेस नेतृत्व गरिरहेका सभापति शेरबहादुर देउवाप्रति संकेत गर्दै उनले नेतृत्वले गल्ती गरेको तर्क उनले गरेकी छिन् ।

पछिल्लो समय पार्टीको खम्बा मानिने नेविसंघ अस्तव्यस्त हुँदा पनि नेतृत्वले प्रभावकारी भूमिका खेल्न नसकेको कोइरालाले बताइन् ।

विगतमा सरकार पुग्न नसकेको ठाउँमा कांग्रेस पुग्ने गरेको स्मरण गर्दै नेतृ कोइरालाले पार्टीलाई बलियो बनाउनका लागि नेतृत्व गम्भीर हुनुपर्ने बताईन् ।

“पार्टी कोही व्यक्तिको होइन । यसलाई सबै मिलेर बचाउँनुपर्छ । अहिले पार्टी कमजोर भएको देख्दा दुःख लाग्छ ।” कोइरालाले बताईन् ।

कोइराला परिवारका नेताप्रति लक्षित गर्दै देउवाले दिएको अभिव्यक्तिबारे कुरा गर्दै उनले सभापतिले अभिभावकत्व ग्रहण गर्न नसकेको बताईन् ।



प्रतिक्रिया दिनुहोस्