फागुन ११, काठमाण्डौ । प्रधानमन्त्री बनेपछि अघिल्लो वर्ष धुमधामसँग जन्मदिन मनाएका केपी ओलीले यस वर्ष भने आलोचनाबाट मुक्त हुने प्रयास गर्नुभएको छ । अघिल्लो वर्ष सरकारी निवास वालुवाटारमै तामझामका साथ जन्मदिन मनाएपछि ओलीको आलोचना भएको थियो । तर यस वर्ष भने सामान्य शुभकामना ग्रहणबाहेक अरु केही कार्यक्रम भएन ।
उहाँ विसं २००८ सालमा तेह्रथुममा जन्मिनुभएको थियो । प्रधानमन्त्री ओलीले अघिल्लो वर्षको जन्मदिन धुमधामका साथ मनाएपनि यस वर्ष विशेष कार्यक्रम गरिएन । अघिल्लो वर्ष ओलीले आफ्नो ६७ औँ जन्मदिन सरकारी निवास बालुवाटारमा केक काटेर मनाएका थिए । त्यसबेला वालुवाटारमा ठूलै घुइँचो लागेको थियो ।
तर यस वर्ष भने सामान्य देखियो । केक काटेर बाबु मोहनप्रसाद ओलीलगायतलाई खुवाए भने स्थानीय नर्सरीबाट ल्याइएको आँपको विरुवा र उनकी पत्नी राधिका शाक्यले अम्बाको बिरुवा रोप्नुभयो ।
अघिल्लो वर्ष धुमधामसँग मनाइएको जन्मदिनमा ओलीले आफ्नै पिता मोहनप्रसादलाई वेवास्ता गरेको भनेर पनि निकै आलोचना भयो । तर यस वर्ष भने उनले पितालाई सँगै राखेर केक काटे ।
ओलीको जन्मदिनको अवसरमा नेकपाका नेता, कार्यकर्ता तथा शुभचिन्तकहरुले शुभकामना सन्देश दिएका छन् । नेकपाका स्थायी समिति सदस्य योगेश भट्टराईले सामाजिक सञ्जालमार्फत शुभकामना दिदै ओलीबाट थप उदारता र सामुहिकता अपेक्षा गरेका छन् ।
अंगालो र छातीमा अझ धेरै समेटिउन, टाढा, टाढासम्म दृीिट पुगोस, नजिककालाई सोधियोस, टाढाकालाई खोजियोस’, भट्टराईले लेखेका छन् । नेकपा केन्द्रीय सदस्य तथा ओलीका प्रमुख राजनीतिक सल्लाहाकार विष्णु रिमालले जन्मदिनको अवसरमा शुभकामना दिदै ओलीले देखेको सुखी नेपाली, समृद्ध नेपालको सपना पुरा हुनेमा आफू विश्वस्त रहेको जनाएका छन् ।
प्रधानमन्त्री ओलीलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि फेसबुकमार्फत नै शुभकामना व्यक्त गर्नुभएको छ । ओलीको बास्तविक नाम खड्गप्रसाद ओलीको बाबु मोहनप्रसाद ओली र आमा मधु ओली हुन । अहिले देशको ४१ औँ प्रधानमन्त्री बन्नुभएका ओलीको राजनितिक यात्रा २०२२ सालमा कम्युनिष्ट राजनीतिमा लागेर सुरु भएको थियो ।
ओलीले २०२६ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिनुभएको थियो । पञ्चायती व्यवस्थाविरुद्धको संंघर्षका क्रममा ओली २०२८ देखि २०४४ सम्म १४ वर्ष जेल जीवन भोग्नुभएको थियो । २०७२ मा केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्रीे बन्नुभएको थियो ।