Logo

छदमभेषी राष्ट्रवादको झल्को



ऋषि धमला : कश्मीरको पुलवामास्थित राजमार्गमा आतंकवादी हमलाबाट ४० जना सेन्ट्रल रिजर्भ पुलिस फोर्सका सुरक्षाकर्मी मारिए । १४ फेब्रुअरीमा भएको उक्त घटनाको विश्वभरका सबैजसो मुलुकबाट कडा धारणासहित भत्र्सना भयो । भारतले पाकिस्तानको नाम नै किटेर उक्त हमलामा उसको संलग्नता रहेको उल्लेख ग¥यो । भारतका मित्र शक्तिहरूले पाकिस्तानतर्फ औंला ठड्याउँदै आतंकवादी संगठनलाई आश्रय र संरक्षण नगर्न चेतावनी दिए । अमेरिकाले समेत उक्त घटनाको भत्र्सना गर्दै पाकिस्तानलाई आतंकवादलाई सघाउ नपु¥याउन भन्यो । युरोपेली युनियनलगायतका मुलुकले पनि सोही आशयको प्रतिक्रिया जनाए ।

चीनले घटनाको भत्र्सना गरे पनि पाकिस्तानको नाम उल्लेख गरेन । त्यसप्रति भारतीय मिडियाले पाकिस्तानप्रति चीनको लचिलो नीति भनी टिप्पणी गरे । चीनले आतंकवादीलाई साझा दुस्मन भने पनि पुलवामा घटनामा पाकिस्तानबारे कुनै उल्लेख गरेन । पाकिस्तानले पनि भारतले लगाएको आरोपको प्रमाण प्रस्तुत गर्न चुनौती दिएको छ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले सार्वजनिक रूपमा भारतलाई चुनौती दिँदै प्रमाण पेस गर्न भने । पुलवामा घटनाले दुवै देशबीच सम्बन्ध चिसिँदा क्रिया प्रतिक्रिया पनि आइरहेछ ।

पुलवामा घटनाको नेपाल सरकारले पनि भत्र्सना गरेको छ । तर, नेपालको प्रतिक्रिया निकै नरम छ । आतंकवादको विरोध गरिए पनि त्यसलाई आश्रय र प्रश्रय दिनेबारे कुनै विषय उल्लेख छैन । नेपालको नरम प्रतिक्रियालाई भारतीय पक्षले गम्भीरतासाथ लिएको बुझिएको छ । नेपाललाई सबैभन्दा नजिकको मित्रशक्ति मानेको भारतले पछिल्लो समय नेपालबाट साथ नपाइरहेको विषय पनि उठाउँदै आएको छ । तीनतर्फ सीमा जोडिएको, संस्कृति पनि समान भएको, सबैभन्दा ठूलो व्यापार हुँदै आएको कारण पनि नेपालका लागि भारत निकै महŒवपूर्ण शक्ति हो । भारतमाथि आतंकवादी हमला हुँदा समेत त्यसलाई सघाउने र प्रश्रय दिनेतर्फ नेपालले कडा चेतावनी दिँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई साथ दिनुपर्ने जनमत नेपालमा पनि देखिन्छ । यो विषयमा नेपालका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी मोदीलाई टेलिफोनमार्फत आतंकवादी हमलाविरुद्ध साथ दिने त विश्वास दिलाएका छन् । तर, आधिकारिक रूपमा नेपाल सरकारले वक्तव्य नै जारी गरेर भारतलाई नेपालको पूर्ण साथ छ भनेर भन्न सकेको छैन ।

असन्तुलित परराष्ट्र नीति

मौकामा बोल्नुपर्छ र साथ देखाउनुपर्छ । नेपाललाई भारतले अप्ठ्यारो पर्दा साथ र सहयोग पु¥याउँदै आएको छ । नेपालको हरेक दुःखसुखमा भारत साथी बनेको इतिहास साक्षी छ । दुवै देशको धर्म संस्कृतिमा निकै समानता छ । भारतले पनि नेपाललाई आफ्नो सबैभन्दा असल र निकट मित्र मानेको छ । नेपाली भूमिको दुरुपयोग गरेर कुनै तेस्रो शक्तिबाट कुनै किसिमका सुरक्षा खतरा नहोस् भन्नेमा भारत सचेत रहँदै आएको छ त्यसैले भारतका सुरक्षाविद्हरू नेपाल मामलालाई निकै महŒवसाथ लिने गर्छन् । भारतले अन्तर्राष्ट्रिय जगत्माजुनसुकै कदम चाल्दा पनि नेपालबाट साथ र सहयोगको अपेक्षा गर्ने गरेको छ । पछिल्लो आतंकवाद हमलामा पनि भारतले यस्तै अपेक्षा गरेको बुझिन्छ ।

भारतीय सेनामा नेपालीहरूको उच्च महŒव रहने गरेको छ । गोर्खा रेजिमेन्ट लोकप्रिय छ । भारतले लडेका सबै युद्धमा नेपाली सहभागी छन् । यो विषयलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणमा पटक–पटक उल्लेख गरेका छन् । मोदीले भनेका थिए, ‘भारतले लडेको कुनै पनि युद्ध छैन, जसमा नेपाली गोर्खा नलडेका होऊन् ।’ यसै विषयबाट नेपालीहरूप्रति भारतको भरोसा प्रस्ट हुन्छ । व्यक्तिलाई मात्र नभई नेपाल राष्ट्रलाई नै भारतले निकै भरोसा गर्दै आएको छ । भारतको यो तहसम्मको विश्वास र भरोसाको नेपाली पक्षले सम्मान गर्नुपर्छ । नेपालमा हरेक सरकारले भारतसँग मित्रवत् सम्बन्ध निर्माणको सामथ्र्य देखाउनुपर्छ ।

अहिले भारतभित्र नेपाल कतै अन्य मुलुकतर्फ ढल्किएको त होइन भन्ने आशंका उत्पन्न भएको छ । भारतका सेनाध्यक्ष जनरल विपित रावतले सार्वजनिक रूपमै नेपाल अन्त ढल्कन नसक्ने अभिव्यक्ति दिनुपरेको थियो । नेपाल भारतबाट टाढिएको विषयले भारतमा निकै चर्चा पाएपछि उनको अभिव्यक्ति आएको थियो । बेलबेलामा सन्तुलित सम्बन्धका नाममा भारतसँगको सम्बन्धको गहिराइ र ययार्थलाई बेवास्ता गर्ने परिपाटी देखिने गरेको छ । यसमा भारतीय पक्षबाट पनि कमी कमजोरी हुने गरेको छ । तर, नेपाली पक्षले देखाउनुपर्ने गम्भीरता नदेखाएको विषय पनि नउठेको होइन । कहिलेकाहीँ सम्बन्धमा उतारचढाव आउनु स्वाभाविक हो । तर, छिमेकीमाथि समस्या आइपर्दा साथ दिने र बोलिदिनुपर्ने दायित्वबाट पन्छन हुँदैन । नबोल्ने नीति सन्तुलित नीति हुन सक्दैन, अनावश्यक बोल्दा सन्तुलित हुने पनि होइन ।

नेपालले सन्तुलित परराष्ट्रनीति अवलम्बन गरेको विषय प्रधानमन्त्री केपी शर्मा ओलीले बताउँदै आएका छन् । भेनेजुएला प्रकरणमा नेपाली पक्षले सार्वजनिक गरेको धारणा विवादमा प¥यो । नेपालसँग कुनै निकट सम्बन्ध नभएको देशमाथि अमेरिकाले हस्तक्षेप ग¥यो भन्दै सत्तापक्षका जिम्मेवार नेताहरूबाट अभिव्यक्ति आयो । सरकारको धारणा पनि भेनेजुएलाको पक्षमा देखियो । निकै टाढाको देश भेनेजुएलाको पक्षमा बोल्ने नेपाल सरकारले छिमेकी भारतमा आतंकवादी हमला हुँदा कडा धारणा सार्वजनिक गरेन । यो किन भयो ?नेपाल सरकारको धारणाले आतंकवादको विरोध गरेको देखिए पनि आतंकवादविरुद्ध भारतलाई नेपाले पूर्ण रूपमा साथ दिएको देखिएन ।

भारतसँगको सम्बन्ध

भारतमाथि कुनै प्रकारको हानि नोक्सानी पुग्दा नेपालमा प्रत्यक्ष असर पर्छ । नेपालमा पनि हानि नोक्सानी पर्दा भारतलाई असर पर्छ । दुई देशबीचको अन्योन्याश्रित सम्बन्धको अर्थ यही हो त्यसैले पनि भारतले नेपालको शान्ति, स्थायित्व र विकासमा चासो लिँदै सहयोग प्रदान गर्दै आएको हो । नेपालको हरेक राजनीतिक परिवर्तनमा भारतको साथ र सहयोग हुँदै आएको छ । २००७ सालमा प्रजातन्त्र स्थापनादेखि गणतन्त्रको जग बसेको २०६२÷६३ को जनआन्दोलनमा भारतले सहयोग गरेको थियो । भारतले यो हदसम्मको सहयोग गरेको विषयलाई नेपालले कहिले भुल्न हुँदैन ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको विकास र समृद्धिमा विशेष महŒव दिँदै आएका छन् । मोदी प्रधानमन्त्री भएपछि नेपालले झन् महŒव पायो । मोदीले अहिलेसम्मको रेकर्ड तोड्दै सबैभन्दा बढी नेपाल भ्रमण गर्ने भारतीय प्रधानमन्त्रीका रूपमा नाम लेखाए । उनकै कारण नेपालको धार्मिक पर्यटनले नयाँ उचाइ पायो । जनकपुरधाम र मुक्तिनाथमा भारतीय पर्यटक बढ्न पुगे । मोदीले नेपालको पर्यटकीय स्थलहरूको प्रचार–प्रसारमा अप्रत्यक्ष भूमिका निभाए । नेपालमा सबैभन्दा बढी पर्यटक भारतबाट आउने गर्छन् । त्यसमाथि पनि पशुपतिनाथ, जनकपुरधाम, लुम्बिनी, मुक्तिनाथजस्ता स्थानहरूमा बढी भारतीय पर्यटक आउने गर्छन् । भारतीय जनताको नेपाली भूमिप्रतिको श्रद्धाका कारण पनि यस्तो भएको हो ।

भारत नेपाललाई सबैभन्दा बढी आर्थिक सहयोग प्रदान गर्ने देशको सूचीमा छ । नेपालको शिक्षा, स्वास्थ्यका अलावा भौतिक पूर्वाधारको विकासमा भारतीय सहयोग महŒवपूर्ण छ । भारतसँग नेपालको सबैभन्दा बढी व्यापार हुने गर्छ । भारत मात्र त्यस्तो मुलुक हो, जहाँ नेपालीहरू बिनाभिसा आवतजावत गर्न सक्छन् । नेपालीहरू भारतमा रोजगारीका लागि सबैभन्दा बढी संख्यामा पुगेका छन् । इतिहासको लामो कालखण्डदेखि चल्दै आएको सम्बन्धको गरिमालाई शासक विशेष परिवर्तन हुँदैमा धक्का पु¥याउने गतिविधि गर्नुहुँदैन । यसले भारतलाई भन्दा नेपाललाई नोक्सान पुग्छ । सम्बन्धको गरिमा राखेर छिमेकलाई पर्दा सहयोग गर्ने र सकेको साथ दिने हिम्मत देखाउनुपर्छ ।

पछिल्ला घटनाक्रम र नेपालले सार्वजनिक गरेको धारणाहरूले नेपालको परराष्ट्रनीतिबारे शंका/उपशंका उत्पन्न भएका छन् । भेनेजुएलामा अमेरिकी नीतिबारे नेपाली पक्षको धारणामा अमेरिकी सरकारले असन्तुष्टि देखायो । कूटनीतिक सम्बन्धमा असर पर्ने घटनाक्रम विकास भयो । अहिले पुलवामा घटनामा नेपालले सार्वजनिक गरेको धारणाप्रति पनि भारतीय पक्ष सकारात्मक नभएको बुझिएको छ । आतंकवादप्रति मात्र कडा धारणा राखेर हुँदैन, आतंकवादलाई आश्रय या प्रश्रय दिनेप्रति पनि औंला ठड्याउनुपर्छ । त्यसमाथि पनि नेपालको सबैभन्दा निकट छिमेकी भारतलाई पर्दा कडा रूपमा बोल्नुपथ्र्यो । पुलवामा घटनापछि साउदी अरेबियाका राजकुमार मोहम्मद बिल सलमानले पनि पाकिस्तानसँग यसबारे छलफल गरेको विषय सार्वजनिक भइसकेको छ । जब कि साउदी अरेबिया पाकिस्तानको सबैभन्दा नजिकको मित्र शक्ति हो । इरानले समेत पाकिस्तानमाथि औंला ठड्यायो ।

यस्तो अवस्थामा नेपालले आफ्नो सबैभन्दा नजिकको मित्रशक्तिको पक्षमा जसरी बोलेर कूटनीतिक सामथ्र्य देखाउनुपथ्र्यो त्यो देखाएन । सरकार परिवर्तन भएपछि परराष्ट्रनीति परिवर्तन हुने शैली यसपटक पनि देखियो । सरकार परिवर्तन भए पनि नेपालले लिने परराष्ट्र नीतिमा एकरूपता नआउने गरेको झल्को देखिनुले नेपाललाई अन्तर्राष्ट्रिय समुदायले हेर्ने दृष्टिकोण वजनदार नहुन सक्छ त्यसैले नेपालले आफ्नो सामथ्र्य र भूमिका मौकामा देखाउनुपर्छ । विदेश नीतिमा छद्मभेषी राष्ट्रवाद प्रस्तुत हुनु सकारात्मक होइन । कूटनीतिक सामथ्र्य देखाउने हो भने नेपालले आफ्नो छिमेकप्रतिको दृष्टिकोण र कुन छिमेकप्रति कस्तो नीति लिने प्रस्ट खुलाएर आफूलाई प्रस्तुत गर्नुपर्छ । सरकार बदलिएर स्वभाव बदलिने परिपाटी अन्त्य हुनुपर्छ ।



प्रतिक्रिया दिनुहोस्