Logo

पार्टी नेतृत्वले गम्भीर गल्ती गर्दा नेविसंघ अस्तव्यस्त भयो : प्रदिप पौडेल



फागुन १४, काठमाण्डौ । नेपाली कांग्रेसका नेता प्रदिप पौडेलले नेविसंघका नेता कार्यकर्ता एकआपसमा झगडा गर्दा नेतृत्व मुकदर्शक बनेको भन्दै असन्तुष्टी व्यक्त गरेका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेतृत्वले गम्भीर त्रुटी गरेको आरोप लगाए । विद्यार्थी नेताहरुले विधानसम्मत निर्णय गर्न दिएको दबाबले नेतृत्वलाई लज्जाबोध हुनुपर्नेमा मौन बस्नुले गलत सन्देश गएको पौडेलको तर्क छ ।

पार्टी नेतृत्वले नेविसंघको तदर्थ समितिमा आफ्नो एसम्यान राख्न खोज्दा समस्या उत्पन्न भएको पौडेलको ठहर छ । कांग्रेस र नेविसंघ दुवैको समस्या समाधानका लागि विधानअनुसार काम गर्नुपर्नेमा पौडेलले जोड दिएका छन् ।

अब जतिसक्दो छिटो नेविसंघको महाधिवेशन गराउने वातावरण सृजना गर्न पौडेलले नेतृत्वलाई सुझाब दिएका छन् ।

नेतृत्वले कसैलाई काखा कसैलाई पाखा गर्ने प्रवृत्तिले नेविसंघभित्रको विवाद समाधान हुन नसकेको पौडेलको तर्क छ ।

आफूले नेविसंघ विवाद समाधानका लागि सक्दो पहल गरिरहेको दावी गर्दै पौडेलले विधानअनुसार अधिवेशन गराउनुपर्ने बताए । पार्टीले. नेविसंघमा ३२ वर्षे उमेरहद लागु गरिसकेकाले अब सोही अनुसार तदर्थ समिति बनाएर महाधिवेशनको म्यान्डेट दिनुपर्ने बताए ।

नेविसंघ विवादले कांग्रेसका बारेमा गलत सन्देश गएको भन्दै पौडेलले चिन्ता व्यक्त गरे ।

पार्टी सभापति शेरबहादुर देउवाले आफ्नो हितमा नभै पार्टीको हितमा काम गर्नुपर्नेमा त्यसो गर्न नसकेको पौडेलको आरोप छ ।



प्रतिक्रिया दिनुहोस्