Logo

राष्ट्रपतिद्धारा मन्त्री अधिकारीको निधनमा समवेदना व्यक्त



काठमाडौं, १५ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले आज ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निधन भएकामा गहिरो दुःख व्यक्त गरेकी छन् ।

साथै हेलिकप्टरमा सवार पर्यटन व्यवसायी आङछिरिङ शेर्पा तथा राष्ट्रसेवकहरुको निधन भएकामा गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेकी हुन् ।

हेलिकप्टर दुर्घटना : सरकारद्धारा ४ सदस्यीय छानबिन समिति गठन

संस्कृति पर्यटन तथा नागरिक उड्यानमन्त्री रविन्द्र अधिकारीसहित ७ जना सवार हेलिकप्टर दुर्घटना हुँदा ७ जनाकै निधन भएको छ । उक्त दुर्घट्नाको विषयमा छानबिन गर्न सरकारले ४ सदस्यीय छानबिन समिति गठन गरेको छ ।

बुधबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले यस्तो जानकारी दिएका हुन । पूर्व पर्यटनसचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा गठित समितिमा सहायक रथी दिपक प्रसाद बास्तोला, क्याप्टेन प्रमोद लामा र सहसचिव बुद्धिसागर लामिछाने रहेका मन्त्री थापाले जानकारी दिए ।

बुधबार दिउँसो एयर डाइनेष्टीको ९ एन एएमआई कल साइनको हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको हो।



प्रतिक्रिया दिनुहोस्