Logo

गगन थापाको स्मरणमा रविन्द्र अधिकारी



फागुन १६, काठमाण्डौ । आशा गरिएका रविन्द्र अधिकारीको निधन भइसकेपछि देश नै शोकमा छ । हरेक नेपालीले चिनेको र देशका लागि राम्रो काम गर्न सक्नेको छवी बनाएका अधिकारीको अकल्पनीय निधनलाई स्विकार गर्न कठीन छ । तर सत्य यही हो कि अधिकारीले संसार छोडिसके ।

अधिकारी कस्ता व्यक्ति थिए ? सतही रुपमा जसले जसरी बुझे त्यो समान्य नै भयो । उनीसँग राजनीति गरेकाहरुले कसरी सम्झन्छन् त । यस विषयमा ऋीष धमलाले नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बसहमा गगन थापासँग कुरा गरे ।

अधिकारीलेभन्दा फरक राजनीतिक विचार बोकेका थापाले सुरुमै रविन्द्र दाइ भनेर नै पुष्टी गरे कि उनीहरुबीच घनिष्ठ सम्बन्ध थियो ।

कुराकानीका क्रममा थापाले अधिकारीसँग घनिष्ठ सम्बन्ध रहेको खुलाउँदै विद्यार्थी आन्दोलनदेखि नै आफूहरुबीच घनिष्ठता भएको बताए ।

अधिकारीले विद्यार्थीको हक हितमा गरेको जस्तो आन्दोलन अरु कसैले पनि गर्न नसकेको थापाले स्मरण गरे । ६२ सालको आन्दोलनपछि पनि संविधानसभा र संसदमा एकसाथ काम गरेको स्मरण गर्दै थापाले एकआपसमा गरेको सहकार्य उदाहरणीय भएको बताए ।

पार्टीभित्रको सिमाबाहेकका विषयमा देश र जनताको पक्षमा आफूहरुको मत मिल्ने गरेको थापाले बताए ।

थापाले अधिकारी सवार हेलिकप्टर दुर्घटनाको विषयमा पाइलटले खतरा छ भनिसकेपछि के कारणले उडान भरियो भन्ने विषय गम्भीर रहेको बताए ।

मध्यरातमा प्रधानमन्त्री रविन्द्र अधिकारीको क्वार्टरमा पुगेपछि सबको रुवाबासी -हेर्नुस् भिडियो



प्रतिक्रिया दिनुहोस्