Logo

भरतमोहनको पार्थिव शरीरमा नेकपाको झण्डा, आजै अन्त्येष्टी (फोटोफिचर)



काठमाण्डौ, १९ फागुन । दिवंगत नेता भरतमोहन अधिकारीको पार्थिव शरीरमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष प्रचण्डले संयुक्त रुपमा पार्टीको झण्डा ओढाएका छन् ।

पार्टी कार्यालय धुम्बाराहीमा आयोजित श्रद्धाञ्जली सभामा नेकपा अध्यक्षद्वय ओली र प्रचण्डले अधिकारीको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएका हुन् । अधिकारीको सम्मानमा एक मिनेट मौनधारण समेत गरिएको थियो ।

नेता अधिकारीको निधनको शोकमा नेकपाले आज देशभरका पार्टी कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने र तीन दिनसम्म शोक पुस्तिका राख्ने निर्णय पनि सचिवालयले गरेको छ ।

अधिकारीको गएराति ८२ वर्षको उमेरमा निधन भएको थियो । उनीप्रति श्रद्धाञ्जली अर्पण गर्न नेता कार्यकर्ता र सर्वसाधारणको नेकपा केन्द्रीय कार्यालय धुम्बाराहीमा घुइँचो लागेको छ । अधिकारीको पार्थिव शरीरलाई मध्याह्न १२ बजेसम्म पार्टी कार्यालयमा राखिएको थियो । त्यसपछि  पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ ।

तस्विर : मुकुन्द कालिकोटे 



प्रतिक्रिया दिनुहोस्