Logo

राहत शिक्षकमाथि अश्रुग्यास र पानीको फोहोरा (भिडियोसहित)



फागुन २०, काठमाण्डौ । सट्टा शिक्षकलाई माघ महिनासम्मको मात्र तलबभत्ता दिएर बिदा गर्न भन्दै फागुन ८ गते परिपत्र गरिएको थियो । सरकारले आफूहरुको रोजगारी खोसेको भन्दै सट्टा शिक्षकहरू लामो समयदेखि विरोधमा उत्रिएका छन् ।

संधिानले प्रत्याभूत गरेको अधिकारसमेत सरकारले खोसेको भन्दै उनीहरू आक्रोशित भएका हुन् ।

बिभिन्न माग राख्दै आन्दोलनरत राहत शिक्षकहरु र प्रहरीबिच सोमबार पनि झडप भएको छ । सोमबार काठमाडौको नयाँ बानेश्वरमा निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्न खोजेपछि शिक्षक र प्रहरीबिच झडप भएको हो । संघिय शिक्षा ऐनमा सम्पूर्ण राहत शिक्षकहरुको पेशागत सुनिश्चीतताका लागी नीतिगत व्यवस्था गर्नुपर्ने माग गर्दे नेपाल राहत शिक्षक केन्द्रिय समितिको आह्वानमा काठमाडौको माईतिघरदेखि नयाँ बानेश्व्रसम्म विरोध प्रदर्शनसहित र्यालीका आयोजना गरिएको थियो ।

र्याली नयाँ बानेश्वर पुगेपछि प्रहरीले निषेधित क्षेत्रभित्र जान रोक लगाएको थियो । प्रर्दशनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले लाठीचार्ज गरेको थियो । त्यसपछि प्रदर्शनकारीले प्रदर्शनलाई जारी राखेपछि प्रहरीले केहि सेल अश्रुग्यास र पानीको फोहरा प्रयोग गरेको थियो ।

झडपमा परि एकदर्जनबढी प्रदर्शनकारी घाइते भएका छन् । अश्रुग्यासका कारण पैदलयात्री र सर्वसाधारण पनि प्रभावित भएका थिए ।

सरकारले आफूहरूलाइ सेवाबाट हटाएर बेरोजगार बनाएको भन्दै सट्टा शिक्षकहरु विरोधमा उत्रिएका हुन् । रोजगार सबैको अधिकार भनेर प्रधानमन्त्रीले रोजगारका कार्यक्रम घोषणा गरेको दुई दिनपछि दशौं वर्षदेखि सेवा गरिरहेका एक हजार ५३ सट्टा शिक्षकहरु र ७५ जना अस्थायी स्रोत व्यक्तिहरुलाई हटाउने निर्णय गरेर बेरोजगार बनाउनुले सरकारको नीति नै विरोधाभाषपूर्ण देखिएको सरोकारवाला बताउछन् ।

संघर्ष समितिले सट्टा शिक्षकलाई सेवाबाट हटाउँदा नजिकिँदो एसईई परीक्षा प्रभावित हुन सक्ने चेतावनी समेत दिएका छन् । आगामी चैत महिनामा हुन लागेको एसईई परीक्षा प्रभावित हुन सक्ने भएकाले धेरैजसो सट्टा शिक्षकहरुले अझै पनि पढाइरहेको भन्दै फागुन महिनाको तलब भत्ता पनि नेपाल सरकारबाटै व्यवस्था हुनुपर्ने संघर्ष समितिको माग छ ।

यसैगरी सट्टा शिक्षकलाई जागिर विहीन हुने अवस्थाबाट जोगाउन र फागुन अन्तिम सातातिर आउने लागेको संघीय शिक्षा ऐनमा सट्टा शिक्षकहरुलाई पनि आन्तरिक प्रतिस्पर्धामा भाग लिन पाउने व्यवस्था मिलाउनुपर्ने माग समितिको छ ।



प्रतिक्रिया दिनुहोस्