फागुन २१, काठमाण्डौ । नेपाली कांग्रेसको महासमिति बैठकले पारित गरेको एजेण्डाविपरित केन्द्रिय समितिबाट निर्णय भएको भन्दै विरोध सुरु भएको छ ।
महासमिति बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले दिएको वचनविपरीत केन्द्रीय कार्यसमितिले विधान पास गरेपछि जिल्ला सभापतिहरुले विज्ञप्ति नै जारी गरेर नेतृत्वलाई चेतावनी दिएका छन् ।
विज्ञप्तिमा गल्ती नसच्याए विशेष महाधिवेशनको पहल गर्ने चेतावनी दिइएको छ ।
विज्ञप्तिमा भनिएको छ,– पार्टी संगठन र पार्टी नेतृत्वको विश्वसनीयतालाई गम्भीर क्षति पुर्याउने उक्त निर्णय माथि शिघ्र पूनर्विचार गर्न जोडदार माग गर्दछौँ । अन्यथा बिशेष महाधिवेशनका लागि समेत पहल गर्न बाध्य हुनेछौँ ।
५६ जना जिल्ला सभापतिहरुले केन्द्रीय सदस्यहरु पनि तल्लो तहबाट चुनिएर आउनुपर्ने र आरक्षण कोटा एक तहमा एक पटक मात्र हुनुपर्ने माग गरेका छन् ।
महासमिति बैठक समापन गर्ने क्रममा पार्टी सभापति देउवाले दुवै माग सम्बोधन गर्ने आश्वासन दिएका थिए । तर, केही दिनअघि केन्द्रीय कार्यसमितिले त्यसविपरीत केन्द्रीय सदस्यहरु स्वतः महाधिवेशन प्रतिनिधि हुने र आरक्षण कोटामा एउटै व्यक्ति दोहोरिन सक्नेगरी विधान पास गरेको थियो ।
कांग्रेस जिल्ला सभापतिहरुले महासमितिबाट पास भएको विषय केन्द्रीय समितिले उल्टाएको भन्दै आश्चर्य व्यक्त गरेका छन् ।
उनीहरुले केन्द्रीय कार्यसमितिको निर्णय पुनर्विचार गर्न पनि माग गरेका छन् ।
जिल्ला सभापतिहरुले यो पनि भनेका छन्,–उक्त दुई विषयलाई लिएर पार्टी केन्द्रिय कार्यालयको सचिवालयमा औपचारिक रुपमै दर्ता भएको (दड्ड नड्ड९३) महासमिति सदस्यहरुको हस्ताक्षरलाई वेवास्ता गरी संसोधन प्रस्ताव नै नआएको जस्ता गलत प्रचारबाजीमा उत्रनु अझै हास्यास्पद छ ।
विज्ञप्ति जारी गर्ने जिल्ला सभापतिहरु :
प्रदेश नं. १
१) लिला देवी बोखिम — ताप्लेजुंग
२) नरेन्द्र कुमार केरुङ्ग — पांचथर
३) हिमालय कर्माचार्य — ईलाम
४) उद्धव थापा — झापा
५) गोविन्द ढुंगाना — तेह्रथुम
६) नन्दमणि राई — भोजपुर
७) नरेश कुमार श्रेष्ठ — खोटांग
८) बिनोद बस्नेत — सोलुखुम्बु
९) राजिब कोइराला — सुनसरी
१०) डिग बहादुर लिम्बु — मोरंग
११) बिदुर बस्नेत — गाईघाट
१२) दिपेन कुमार श्रेष्ठ ) संखुवासभा
प्रदेश नं. २
१) कृष्ण देव यादव — रौतहट
२) अजय दुवेदी — पर्सा
प्रदेश नं. ३
१) उज्जल बराल — सिन्धुली
२) मधु आचार्य — काभ्रे
३) लवश्री न्यौपाने — रामेछाप
४) बिकाश लामा — सिन्धुपाल्चोक
५) जगदीश नरसिंह केसी — नुवाकोट
६) दुर्लभ थापा — भक्तपुर
७) सबुज बानिया — काठमाडौँ
८) पेम्बा क्षिरिङ्ग लामा — रसुवा
९) रमेश धमला — धादिंग
१०) जित नारायण श्रेष्ठ — चितवन
प्रदेश नं. ४
१) बैकुण्ठ न्यौपाने — तनहुँ
२) कृष्ण केसी —कास्की
३) खम्ब गर्बुजा —म्याग्दी
४) यङ्गजीङ्ग बिष्ट —मुस्तांग
५) कुमार राणा —स्याङजा
६) बिष्णु प्रसाद लामिछाने —नवलपुर
७) भेष बहादुर पौडेल —लम्जुङ्ग
८) हरि ब घले —गोरखा
प्रदेश नं. ५
१) अर्जुन पोखरेल —परासी
२) बिर बहादुर राणा —पाल्पा
३) भुवन श्रेष्ठ —गुल्मी
४) बिष्णु प्रसाद खनाल(मुश्कान) —अर्घाखाची
५) सुरेन्द्र प्रसाद आचार्य —कपिलबस्तु
६) अम्मर प्रसाद भण्डारी — प्युठान
७) अमर सिंह पून —रोल्पा
८) केशर मान रोका —पूर्व रुकुम
९) किरण कोइराला —बाँके
१०) संजय गौतम — बर्दिया
प्रदेश नं. ६
१) खड्ग बहादुर शाही — मुगु
२) दिप बहादुर शाही —जुम्ला
३) हर्ष बहादुर बम —कालिकोट
४) कृष्ण कुमार बिसी — दैलेख
५) कमल राज रेग्मी —सुर्खेत
६) प्रेम प्रकाश ओली —पश्चिम रुकुम
७) गणेश बहादुर चन्द —सल्यान
८) दिपक जंग शाही — जाजरकोट
९) जयपति रोकाया —हुम्ला
१०) अंगत बुढा —डोल्पा
प्रदेश नं. ७
१) कर्ण बहादुर मल्ल —डडेल्धुरा
२) ललित सिंह बोहरा —दार्चुला
३) नरेन्द्र सिंह थापा —बैतडी
४) हर्क जंग बहादुर सिंह —बझांङ्ग