फागुन २२, काठमाण्डौ । टीकापुर हत्याकाण्डमा मुख्य आरोपी रेशम चौधरीसहित ११ जनालाई सर्वश्वसहित जन्मकैदको फैसला सुनाइएको छ ।
जिल्ला अदालत कैलालीका न्यायाधीश पर्शुराम भट्टराईको इजलाशले चौधरीसहित ११ जनामाथि सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको हो ।
लक्ष्मण थारुलाई भने ३ वर्ष कैद सजाय सुनाएको छ । यो कैद भुक्तान गरिसकेकाले उनी आजै रिहा हुने भएका छन् ।
थुनामै रहेर चौधरीले मुद्दाको पुनरावेदन प्रक्रियामा सहभागी हुन सक्नेछन् ।तर शपथ लिए पनि सांसदको हैसियतले कुनै पनि काम गर्न पाउने छैनन् ।
टीकापुर घटनाका मुख्य आरोपित मानिएका रेसम चौधरी घटनापश्चात् प्रतिनिधिसभा सदस्यमा निर्वा्चित भए पनि कारागारमै छन् । निर्वाचित भएको एक वर्षपछि चौधरीलाई शपथ गराइएको थियो ।
घटनामा संलग्न भएको आरोपितमध्ये ३२ जना अझै फरार छन् ।
२०७२ भदौ ७ गते टीकापुरमा थरुहट÷थारुवान आन्दोलनको क्रममा आन्दोलनकारी र प्रहरीबीचको दोहोरो झडपमा परी एक नाबालक र ८ प्रहरीको ज्यान गएको थियो ।