Logo

रेशमलाई जन्मकैदपछि मृतक इन्सपेक्टर विष्टका छोरा छोरीले के भने ?



फागुन २३, काठमाण्डौ । राजनीतिक बलमा लामो समय उल्झनमा राखिएको टिकापुर घटनाका दोषिलाई कारबाही गर्ने विषयले प्रारम्भिक चरण पार गरेसँगै पिडितले आफु माथि न्याय भएको अनुभुति गरेका छन् । ट

ीकापुर घटनाका मुख्य अभियुक्त रेशम चौधरीलाई जिल्ला अदालत कैलालीले बुधबार जन्मकैदको फैसला सुनाएसँगै पिडित परिवारले थोरै भएपनि न्याय पाएको अनुभुति गरेका हुन् । तर घटनामा संलग्न सबै कारबाहिको दायरामा आउनेमा भने पिडित परिवारको आशंका छ ।

जिल्ला अदालत कैलालीको फैसलाले आफ्नो परिवार र अन्य पिडित परिवार प्रति न्याय भएको भन्दै घटनामा ज्यान गुमाएका हरी निरीक्षक बलराम विष्टका परिवारले खुशी व्यक्त गरेका छन् । तर विष्टका छोरा र छोरीले जिल्ला अदालतले गरेको निर्णय शक्तिका आडमा फेरी उल्टिने अवस्था सृजना नगर्न पनि सम्बद्ध निकायसँग आग्रह गरेका छन् ।

टिकापुर अत्याकाण्डमा ज्यान गुमाएका प्रहरी निरीक्षक बलराम विष्टका छोरा र छोरीले जिल्ला अदालतले गरेको निर्णय शक्तिका आडमा फेरी उल्टिने अवस्था सृजना नगर्न पनि सम्बद्ध निकायसँग आग्रह गरेका छन् ।

जिल्ला अदालत कैलालीले टिकापुर घटनाका मुख्य अभियुक्त चौधरी सहितका अन्य दोषीलाई जन्मकैदको सजाय निर्णय गरेको प्रति न्यायकर्मीहरुको धारणा भने विभाजित छ ।

यता निर्णयप्रति असन्तुष्ट पक्षहरुको आवाज भने फरक छ । थरुहट स्वायत्त प्रदेशका लागि तत्कालिन संघर्षरत पक्ष अदालतको यस निर्णय प्रति निकै असन्तुष्टि जनाएको छ ।

न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले रेशम चौधरीसहित ११ जनालाई दोषी ठहर गरेको थियो । उनीहरु सबैलाई जन्मकैदको फैसला भएको छ । लक्ष्मण थारुलाई भने ३ वर्ष कैद सजाय सुनाईएको छ । मधेसी—थारु आन्दोलनका क्रममा ७ भदौ २०७२ मा कैलालीको टीकापुरमा भएको हिंसात्मक झडपमा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ८ जनाको मृत्यु भएको थियो । घटनापछि फरार भएका चौधरी कैलाली १ मा राजपाबाट प्रतिनिधिसभा सदस्यको चुनाव जिते । उनले वारेसमार्फत चुनाव जितेको प्रमाणपत्र लिन पाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतको ढोका ढक्ढक्याएका थिए तर त्यो मुद्दा हारेका थिए ।

मुद्दामा हार पश्चात २०७४ फागुन १४ गते जिल्ला अदालत कैलाललीमा उनले आत्मसमर्पण गरेका थिए । तर, उनले जेलमै रहेका बेला २०७५ पुस १९ पुस मा सरकारकै जोडबलमा सांसदको सपथ लिए । सपथपछि पनि जेलमै रहेका बेला अदालत चौधरीलाई टीकापुर घटनामा दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको हो ।



प्रतिक्रिया दिनुहोस्