Logo

सिके राउतलाई प्रधानमन्त्री ओलीले टिका लगाएर नेकपा भित्र्याउँदै !



फागुन २४, काठमाण्डौ । राज्य विप्लवको मुद्धामा तारेखमा रिहा भएका सिके राउत सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गर्ने संकेत देखाएका छन् ।

स्वतन्त्र मधेसको एजेण्डासहित पृथकतावादी गतिविधि गरिरहेका राउतलाई हिजो मात्रै सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएको थियो ।

थुनामुक्त भएलगत्तै राउत र सरकारबीच सहमति भएपछी उनी नेकपामै प्रवेश गर्न लागिएको बुझिएको छ । सरकारसँगको सहमतिअनुसार राउतले स्वतन्त्र मधेस गठनबन्धनसमेत विघठन गर्ने भएका छन् । त्यसैगरी राउतले अब अखण्ड नेपाल स्वीकार गर्ने भएका छन् ।

सरकारसँग भित्रभित्रै वार्ता गरेका सिके राउतले आजैबाट पृथकतावादी गतिविधि परित्याग गर्ने भएका हुन् ।
आजै १ बजे राष्ट्रियसभागृहबाट प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्दै सिके राउतको पृथकतावादी गतिविधि समाप्त भएको घोषणा गर्ने भएका छन् ।



प्रतिक्रिया दिनुहोस्