Logo

‘हिंसात्मक आन्दोलन गरेर समय खेर फाल्नुहुँदैन’



काठमाडौं, २४ फागुन । सरकार र सीके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनबीच ११ बुँदे सहमति सम्पन्न भएको छ । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा गृहमन्त्री रामबहादुर थापा र मधेशमा काम गर्दै आएको गठबन्धनका संयोजक सिके राउतबीच आज राजनीतिक आदि विषयमा सहमति भएको हो ।

Posted by Sabin Dhamala on Thursday, March 7, 2019

आज काठमाडौंको राष्ट्रिय सभागृहमा काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित ‘राजनीतिक सहमति’ घोषणा कार्यक्रम नाम दिईएको छ । सहमतिअनुसार राउतले मुलुकको अखण्डता स्वीकार गरेका छन् । यता, सरकारले गठबन्धनका कार्यकर्ताहरुमाथि लागेको मुद्दा फिर्ता लिने भएको छ ।

गठबन्धनले नेपालको संविधान मानी राजनीतिको मूल प्रवाहमा समाहित हुने प्रतिबद्धता व्यक्त गरेको छ । कार्यक्रममा सम्बोधन गर्दै राउतले अब हिंसात्मक आन्दोलन गरेर समय खेर फाल्न नहुने जिकिर गरेका छन् । राउतले सरकार र आफ्नो संगठनबीच भएको सहमति ऐतिहासिक भएको बताएका छन् । साथै उनले यो सहमतिले सरकार र जनता सबैको जित भएको दाबी गरे ।

राउतले सरकारसँग भएको सहमतिलाई ऐतिहासिक भएको दाबी गरेका छन् । यो सहमति गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले पहल गरेको भन्दै उनले धन्यवाद दिएका छन्। उनले आजसम्म पनि आफूहरू अहिंसात्मक आन्दोलन गरेको र त्यो आन्दोलन समुदायविरूद्ध नभएको बताए।

उनले भने,’राज्याबाट दमन भएपनि हामीले त्यसको प्रतिउत्तरमा केही गरेनौँ। हिंसात्मक हुन सक्थ्यौँ तर हिंसामा हामीले विश्वास गरेनौँ, ‘तर यो सहमति गर्न प्रधानमन्त्री ओलीले आफै पहल गर्नुभयो र सुरक्षित अवतरण भयो। धन्यवाद प्रधानमन्त्रीज्यू!’

तस्विर : मुकुन्द कालिकोटे/ReportersNepal.com

 



प्रतिक्रिया दिनुहोस्