Logo

‘सिके राउतसँगको सम्झौता अधुरो र अस्पष्ट छ’



म्याग्दी, २५ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले शुक्रबार सिके राउतसँग गरेको सम्झौता अधुरो र अस्पष्ट भएको टिप्पणी गरेका छन् । उनले सम्झौतामा उल्लेखित जनमत भन्ने शब्दका कारण शङ्का पैदा गरेको पनि बताए ।

नेपाली काङ्ग्रेस म्याग्दीले आज बेनीमा आयोजना गरेको बीपी स्मृति कार्यालय भवनको उद्घाटन कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग विकास र शासन गर्ने क्षमता नभएको आरोप लगाए।

उनले वाइड बडी, सुनकाण्ड जस्ता अर्बाैँ रुपैयाँको भ्रष्टाचारको तथ्य बाहिरिँदासमेत सरकारले बेवास्ता गरेर भ्रष्टाचारी र अपराधीलाई संरक्षण गर्न खोजेको आरोप लगाए । सभापति देउवाप्रति लक्षित गर्दै पौडेलले कम्युनिष्टको असफलतामा काङ्ग्रेसको भविष्य नदेख्न अनुरोध गरे । पार्टी भित्रको विवादलाई पारदर्शी ढङ्गले हल गरेर आन्तरिक एकतालाई बलियो बनाउन चाहेको उनको भनाइ थियो ।



प्रतिक्रिया दिनुहोस्