Logo

३० औं वर्षमा शुभताराले सेवा विस्तार गर्ने, पूर्व विद्यार्थीहरुलाई सम्मान



काठमाडौं, २६ फागुन । शुभतारा स्कुलले ३० औं वर्षका अवसरमा विद्यालयका पूर्व विद्यार्थीहरुको विशेष सम्मान गर्ने भएको छ । राजधानीमा आइतबार पत्रकार सम्मेलन गरी स्कुलकी संस्थापक रानी गुरुङ्ग कक्षपतीले राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा महत्वपूर्ण योगदान पु¥याइरहेका पूर्व विद्यार्थीलाई चैत्र २ मा सम्मान गर्न लागिएको जानकारी दिइन् ।

१६ मार्च सन् १९८९ मा स्थापित स्कुलबाट ३० वर्षभित्र २५ सय विद्यार्थीले एसएलसी र एसईई परीक्षा उत्तीर्ण गरिसकेको र तीमध्येबाट उत्कृष्ट कार्य गरिरहेका विद्यार्थीलाई सम्मान गर्न लागिएको हो ।

शुभतारामा अध्ययन पूरा गरेकाहरुमा चर्चित नायक अनमोल केसी, पूर्व मिस नेपाल इभाना मानन्धर, खाली सिसिकी अभियन्ता आयुषा केसी, पठाओ कम्पनिका संचालक सशांकजङ्ग थापा, जनावर बचाऊ अभियन्ता एन्जिला श्रेष्ठलगायत सम्मानित हुँदैछन् ।शुभताराले सामाजिक क्षेत्रमा समेत योगदान पु¥याउँदै आएको छ ।

उसले सार्वजनिक विद्यालय, अस्पताल, स्वास्थ्य चौकी, एम्बुलेन्स सेवा, बालबालिका, वृद्धवृद्धालगायतको हितमा वार्षिक १० लाखभन्दा बढी रकम खर्च गर्दै आएको छ ।

ललितपुरको लामाटारस्थित विद्यालय परिसरमा सामुदायिक भवन बनाएर समाज सेवामा सक्रियता देखाउने भएको छ । संस्थापक रानी गुरुङ्ग कक्षपतीले भविष्यमा समाज सेवामा थप योगदान पु¥याइने बताइन् ।

एक सय २० रोपनी जग्गामा फैलिएको विद्यालयले यस वर्षबाट छात्रवृत्ति वृद्धि गर्ने र स्थानीय महालक्ष्मी नगरपालिकाका आर्थिक रुपमा विपन्न र जेहेन्दार विद्यार्थीका लागि अवसर उपलब्ध गराउने कक्षपतीले बताइन् ।



प्रतिक्रिया दिनुहोस्