Logo

तातोपानीमा सँगै डुब्यो भन्दैमा एकता भयो भनेर प्रचार गर्नुको अर्थ छैन : रामचन्द्र पौडेल



पोखरा, २६ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तातोपानीमा सँगै नुहाउँदैमा पार्टीमा एकता नहुने बताएका छन् ।

नेपाल प्रेस युनियन कास्कीले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले कांग्रेस एकता भावना र व्यवहारमा हुनुपर्ने बताए । तातोपानीमा सँगै डुब्यो भन्दैमा एकता भयो भनेर प्रचार गर्नुको अर्थ नरहेको उनको भनाइ थियो ।

पार्टी सभापति शेरबहादुर देउवासँगै तातोपानी कुण्डमा नुहाएको दृष्यलाई पार्टी एकताका रुपमा प्रचार भएकोप्रति उनले प्रष्टिकरण दिएका हुन् । उनले सरकारले सुशासन र शान्तिको प्रत्याभूति दिन नसकेको बताए ।

 



प्रतिक्रिया दिनुहोस्