Logo

‘सरकार जनताको भावनाविपरित चलेको छ’



नवलपरासी, २७ फागुन । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारले जनताको भावनाअनुसार काम गर्न नसकेको बताउनुभएको छ ।

नेपाल प्रेस युनिय पश्चिम नवलपरासी शाखाद्वारा आज प्रतापपुरस्थित गुठीप्रसौनीमा आयोजित पत्रकार सम्मेलनमा नेता पौडेलले सरकारले सुशासन कायम गर्न नसकेको आरोप लगाउनुभयो ।

नेता पौडेलले सिके राउत र प्रधानमन्त्री केपी शर्मा ओलीले फरक-फरक अभिव्यक्ति दिएकाले सरकारले सिके राउतसँग गरेको सहमतिबारे वास्तविकता प्रष्ट पार्नुपर्ने बताउनुभयो ।

सरकारले सुनकाण्ड र निर्मला हत्या प्रकरणका दोषीलाई कारवाही गर्न नसकेको र शान्ति सुरक्षा, सुशासन र विकासको काममा पछि परेको बताउनुभयो ।



प्रतिक्रिया दिनुहोस्