Logo

जन अभिमत वा जनमत संग्रह : के हो वास्तविकता (भिडियो कुराकानी)



फागुन २८, काठमाण्डौ । सरकार र स्वतन्त्र मधेश गठबन्धनबीचको सहमतिले सरकारको आलोचना भइरहेको छ । सहमतिको बुँदामा जन अभिमतका आधारमा मधेशको माग सम्बोधन गर्ने भन्ने उल्लेख गरिएपछि विवाद भएको हो ।

जन अभिमतलाई स्वयम् सिके राउतले जनमत संग्रह भनेर व्याख्या गरेपछि चासोको विषय बनेको हो । तर प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रामबहादुर थापाले जनमत संग्रह गर्ने गरी सहमति नभएको जवाफ दिएका छन् ।

सहमतिको भोलीपल्टदेखि नै दुवै पक्षले फरक फरक अर्थ लगाएपछि स्वभाविक रुपमा नै विवाद भएको हो ।

सहमति किन विवादमा आयो ? फरक फरक अर्थ लाग्ने वाक्याशं सहमतिको बुँदामा किन राखियो ? यि प्रश्न सबैको मनमा उब्जिएको छ । यिनै विषयमा ऋषि धमलाले प्रधानमन्त्री केप ीओलीका परराष्ट्र मामिला सल्लाहाकार डा. राजन भट्टराईसँग कुराकानी गरेका छन् ।

राउतसँगको सहमतिका मुख्य पात्रसमेत रहेका भट्टराईसँग प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्का लागि गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्