Logo

‘राष्ट्रिय एकता बलियो बनाउन खेलकूदको ठूलो भूमिका’



विराटनगर, २८ फागुन । विराटनगरस्थित शहिद रंगशालामा सुरु प्रतियोगिताको पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गर्नुभयो । प्रतियोगिताको उद्घाटन गर्दै उहाँले खेलको माध्यामबाट दक्षिण एसियामा साफले सद्भावना र एकताको नयाँ सन्देश दिएको बताउनुभयो ।

संवेदनशिल समाज निर्माणमा खेलकुदको पनि भूमिका रहने भएकाले खेलकुदको विकासका लागि सरकार लागिपर्ने अध्यक्ष प्रचण्डले बताउनुभयो । परिणाममुखि खेलकुदका लागि विद्यालय र गाउँस्तरबाट नै खेलकुदको विकास गरिनुपर्नेमा उहाँको जोड थियो ।

अध्यक्ष अध्यक्ष प्रचण्डले नेपालमा पहिलो पटक भइरहेको अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताले विराटनगरको मात्र नभई देशकै गौरव बढेको छ भन्नुभयो ।

उहाँले राष्ट्रिय एकता बलियो बनाउन र स्वास्थ्यको लागि पनि खेलकूदको ठूलो भूमिका रहेकाे बताउनुभयाे । अध्यक्ष प्रचण्डले नेपाली महिला फुटबल खेलाडीले आफूलाई शक्तिशाली बनाउन खेलमा अझै सुधार गर्दै जानुपर्ने सुझाव दिनुभयो । अध्यक्षले सांस्कृतिक क्षेत्र र खेलकूदकाे क्षेत्र अफ्नाे अभिरूचीकाे क्षेत्र भएकाे बताउनुभयाे ।



प्रतिक्रिया दिनुहोस्