Logo

सरकारको विरोध गर्ने १६ अधिकारकर्मी सिंहदरबार अगाडिबाटै समातिए



काठमाडौं, २९ फागुन । सरकार र सीके राउतबीच भएको ११ बुँदे सहमतिको विरोधमा उत्रिएका मानवअधिकार तथा शान्ति समाजसम्बद्ध १६ जनालाई प्रहरीले पक्रेको छ ।

सरकार–सीके राउतबीचको सहमतिको विरोधमा बुधबार सिंहदरबारअगाडि गरिएको प्रदर्शनकाक्रममा उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा अधिकारकर्मी कृष्ण पहाडी, सो समाजका सभापति उत्तम पुडासैनी, सल्लाहकार डा. गंगाधर अधिकारी, सचिव बलबहादुर गाहामगरलगायत छन् ।

तस्विर : मुकुन्द कालिकोटे 



प्रतिक्रिया दिनुहोस्