Logo

गोविन्द केसीले मेडिकल शिक्षा तहसनहस बनाउन खोजे : अन्सारी (भिडियो)



चैत ४, काठमाण्डौ । प्राइभेट मेडिकल एसोसियसनका अध्यक्ष बसरुद्धिन अन्सारीले नेपालको चिकित्सा शिक्षा क्षेत्रमा डा. गोविन्द केसी फटाहा बनेर निस्किएको आरोप लगाएका छन् ।

प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै डा. केसीले मेडिकल शिक्षा तहसनहस पार्न खोजेको आरोप लगाएका हुन् ।

मेडिकल कलेज खोलेर सेवा प्रदान गर्दै नाफा कमाउन खोज्नेहरुको विरुद्धमा लागेर केसीले अनावश्यक बखेडा झिक्ने गरेको आरोप लगाए । डा. केसीले गरेको विरोध र अनसन नै पछिल्लो समय असफल भइसकेको दावीसमेत गरे ।

आफू प्रधानमन्त्री केपी ओलीको समर्थक भएको भन्दै अन्सारीले केसीको आलोचना गरेका हुन् ।

अन्सारीसँग गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्