Logo

जनताले चाहे भने राजसंस्थाको विषयमा जनमत संग्रह गर्नुपर्छ : दिपक खड्का



चैत ८, काठमाण्डौ । नेपाली कांग्रेसका नेता दिपक खड्काले जनताले माग गरेको खण्डमा जुनसुकै विषयमा जनमत संग्रह हुने कुरालाई अन्यथा लिन नहुने बताएका छन् र

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै खड्काले जनमत संग्रह गर्नैपछै भन्ने विषय नभएर गर्न पनि सकिन्छ भन्ने विषय रहेको प्रष्ट पारेका छन् ।

कांग्रेस महामन्त्री डा. द शशांक कोइरालाले संघीयता र धर्मनिरपेक्षताको विषयमा जनमत संग्रह गर्नुपर्ने आशयको कुरालाई समयको मागको रुपमा खड्काले अथ्र्याए ।

“समयले केके कुरा माग गर्दै जान्छ, जनताको चाहना केके हुन्छ, त्यसको परिपूर्ति गर्नु राज्य र राजनीतिक दलहरुको कर्तव्य हो ।” खड्काले भने ।

नेता खड्काले राजसंस्थाको विषयमा भने कांग्रेसले कुरा नउठाएको बताए । तर राजसंस्थाको विषयमा पनि जनचाहना बढ्यो भने उदार हुनुपर्ने खड्काले बताए ।

“भोली जनताले राजसंस्था चाहे भने त्यो कुरामा छलफल हुनुपर्छ । जनमतको सम्मान गर्नुपर्छ ।” उनले भने ।

तर कांग्रेस नै राजसंस्थाको पक्षमा उभियो भन्ने आरोप चाँही गलत हुने खड्काको जिकिर छ ।



प्रतिक्रिया दिनुहोस्