Logo

मेडिसिटीलाई एनएबीएच मान्यता प्राप्त (फोटोफिचर)



काठमाडौं, १३ चैत । ललितपुरको भैंसेपाटीमा अवस्थित् नेपाल मेडिसिटी हस्पिटलले अत्याधुनिक गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने नेपालको पहिलो र एक मात्र अस्पतालको रुपमा भारतको राष्ट्रिय मान्यता प्राप्त बोर्ड नेशनल अक्रेडिएसन बोर्ड फर हस्पिटल एण्ड हेल्थ केयर प्रोभाइडर (एनएबीएच) मान्यता प्राप्त गरेको छ ।

बुधबार एक कार्यक्रमका बीच प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधान एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादवको उपस्थितिमा उक्त मान्यता प्रदान गरिएको हो । राष्ट्रिय गौरवको रुपमा मुलुकमा नयाँ बेन्चमार्क कायम राख्न सफल भएको भन्दै हस्पिटलका अध्यक्ष डा. उपेन्द्र महतोले खुशी व्यक्त गरेका छन् ।

अस्पताल र स्वास्थ्यसेवा प्रदायकको लागि भारतको राष्ट्रिय मान्यता प्राप्त बोर्ड एनएबीएच (नेशनल अक्रेडिएसन बोर्ड फर हस्पिटल एण्ड हेल्थकेयर प्रोभाइडर), गुणस्तर परिषद्को बोर्ड हो । जसको उद्धेश्य स्वास्थ्य सेवा प्रदायक संस्थाहरुलाई मान्यता प्रदान गरी सोही अनुसार व्यवस्थित गर्ने रहेको छ ।

भारतको राष्ट्रिय मान्यता प्राप्त बोर्ड नेशनल अक्रेडिएसन बोर्ड फर हस्पिटल एण्ड हेल्थ केयर प्रोभाइडर (एनएबीएच) का प्रमुख कार्यकारी अधिकृत (सिइओ) डा. हरिश नडकर्मीले काठमाडौंको सोल्टी क्राउन प्लाजामा आयोजित एक कार्यक्रममा हस्पिटललाई एचएबीएचको प्रमाणपत्र प्रदान गरेका हुन् ।

प्रधानमन्त्री ओलीको प्रमुख आतिथ्य एवं मुख्य अतिथि, स्वास्थ्यमन्त्री यादव, बालगुरु आदित्य दाहाललगायतका विशिष्ट व्यक्तिहरुको समुपस्थितिमा सो प्रमाणपत्र प्रदान गरिएको हो ।

तस्विर : मुकुन्द कालिकोटे/ReportersNepal.com



प्रतिक्रिया दिनुहोस्