Logo

आत्मधाती गोलले टोटनह्याम पराजित



काठमाडौं,१८ चैत्र । जारी इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा लिभरपुलले टोटनह्यामलाई २–१ ले पराजित गरेको छ । खेलको १६औं मिनेटमा रोबर्टो फिरमिनोले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए ।पहिलो हाफमा एक गोलको अग्रता कायम राखेको लिभरपुलले ७० औं मिनेटमा गोल खाएको थियो ।

९०औं मिनेटमा टोबी एल्डरवेरल्डले बल क्लियर गर्ने क्रममा आफ्नै पोस्टमा गोल गरेपछि टोटनह्याम पराजित भएको हो । जितसँगै लिभरपुलले उपाधिको आशा कायम राखेको छ ।टोबी एल्डरवेरल्डले इन्ज्युरी समयमा आत्मघाती गोल गरेपछी लिभरपुलले टोटनह्यामबाट तीन अंक खोस्न सफल भएको थियो ।

यो जितसँगै लिभरपुल उपाधि अभियानमा म्यानचेस्टर सिटीलाई प्रतिस्पर्धा दिन सफल भएको छ । । टोटनह्यामका लागि क्रिष्टियन इरिक्सनको पासमा लुकास मोउराले गोल गरेका थिए ।एजेन्सी



प्रतिक्रिया दिनुहोस्