Logo

हावाहुरीबाट निधन भएका २४ जनाको सनाखत (नामसहित)



काठमाडौं, १८ चैत । गृह मन्त्रालयले बारा र पर्सामा भएको हावाहुरूबाट निधन भएका २७ मध्ये २४ जनाको विवरण आज सार्वजनिक गरेको छ। यस्तै गृह श्रोतले थप ३ जनाको पहिचान खुल्न बाँकी रहेको जनाएको छ। हावाहुरीबाट ज्यान गुमाउनेमा ३ भारतीय नागरिकसमेत रहेका छन्।

निधन हुनेहरुमा फेटा गाउँपालिका(बारा) का १.हरिनारायण दास(५५ वर्ष), २. मनोरमा देवी(४५) , ३.रुनि देवी(२४), ४.नन्द पटेल, ५.रुबी खातुन (१२), ६. गढीमा देवी(५०) ७. बबिमा खातुन(२५), ८. मुस्तकिमा खातुन(५०), ९. मिना खातुन(२५), १०. नोक्सा मियाँ (११), ११. अलिसा खातुन(३), १२. सकिया खातुन(४०), १३. सम्सिधा खातुन(१२) १४. सबनम खातुन(१८), त्यस्तै प्रसौनी गाँउपालिका(बारा) का १. अच्छलाल माझी (५५) रहेका छन् । सुवर्णपुर गाउँपालिका (बारा)का १. तरिफा खातुन (३०), २. श्रीप्रसाद यादव (६५),

महागढीमाइ नगरपालिका (बारा), १. कोइरी देवी(७५), भारत १. कालुपक्कर राजेश मुखिया(२२)( मोतिहारी, २. बोक्ता अवधेश पासवान(२३)( सितामढी,३. राधे लाढि (४१) उत्तरप्रदेश बरैली लाजगञ्ज पर्साका १. भवानीपुर राम माझी(४५) र २. सुरज माझी(४) रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्