Logo

हावाहुरी पीडितबारे कांग्रेसले दिएन चासो, देउवाको आफ्नै पारा



चैत १८, काठमाण्डौ । हिजोको हावा हुरीले वारा र पर्सा जिल्लामा धनजनको क्षति भएपछि सबैको ध्यान त्यतै केन्द्रित भएको छ ।

प्रधानमन्त्री केपी ओली झापातिरको कार्यक्रम नै रद्ध गरेर आजै दिउँसो बारा र पर्साको स्थलगत निरिक्षणमा पुगे । घाइतेहरुको उपचार भइरहेको अस्पतालमा पुगेर जानकारी पनि लिए । यद्यपी उनको निरिक्षणले पीडितलाई कुनै राहत दिन सकेन ।

ओलीसहित अन्य केही मन्त्रीहरु पनि घटनास्थलमा पुगे । तर प्रमुख प्रतिपक्षी दल कांग्रेसले भने उक्त घटनाप्रति खासै चासो दिएको पाइएन । तराई मधेशकै बासिन्दा भएका नाताले उपसभापति विमलेन्द्र निधीको उपस्थिती बाहेक अरु कोही पनि देखिएनन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा कपिलवस्तुको तौलिहवामा आयोजित छैठौ प्राचिन कपिलवस्तु महोत्सवको उदघाटनमा व्यस्ता थिए । शोकको अवस्थामा पनि उनले सरकारलाई गाली नै गरे ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले राहत र उद्धारको व्यवस्था गर्न सरकारसँग माग गरेर औपचारिकता पूरा गरे । अन्य पदाधिकारीको भूमिका खासै देखिएन ।

त्यसो त औपचारिकताका लागि गरिने स्थलगत निरीक्षणको महत्व त्यति धेरै नहोला । तर चासो र चिन्ता कति भयो भन्ने विषय पनि चर्चा हुन सक्छ ।

यद्यपी कांग्रेसका संघीय संसदहरुले हावाहुरी प्रभावितहरुका लागि दुई दिनको तलब सहयोग गर्ने भएका छन् । कांग्रेस संसदीय दलले संघीय सांसदका दुई दिनको तलब सहयोग गर्ने निर्णय गरेको हो ।

सत्तारुढ नेकपाका सांसदहरुले भने एक दिनको तलब दिने भएका छन् ।



प्रतिक्रिया दिनुहोस्