Logo

वारा पर्सामा नेताको दौडधुप, पीडितलाई झन सास्ती, कोषको रकम खै ?



चैत १९, काठमाण्डौ । आइतबार राती बारा र पर्सा जिल्लाका विभिन्न ठाउंहरुमा आएको हावाहुरीका कारण २७ जनाले अकालमै ज्यान गुमाए भने सयौ घाइते र घरबार विहिन भए । प्रधानमन्त्री मातहत रहेको दैविप्रकोप उद्धार कोषमा करोडौ बजेट छ ।

जुन बजेट यस्तै प्रकृतिक प्रकोपमा परेकाहरुलाई सहयोग गर्ने हो । तर प्रदेश सरकार, विभिन्न समुदयाहरुले उक्त क्षेत्रमा राहत लिएर जाँदा समेत सरकारले भने अहिलेसम्म औपचारिक रुपमा कुनै सहयोग तथा राहत वितरण गरेको छैन ।

प्रधानमन्त्री केपीशर्मा ओली विभिन्न समयमा उनले गरेको काम होस वा भाषण विभिन्न कारण चर्चा र विवादमा आइरहन्छन । आइतबार राती बारा र पर्सामा हावाहुरीका कारण क्षतविक्षेत अवस्थामा रहेको उक्त क्षेत्रको अवलोकन गरे ।

घाइतेहरुलाई अस्पतालहरुमा गएर पनि भेटे, तर पनि सरकारको तर्फबाट गर्नुपर्ने र गर्नसक्ने कुनै राहत तथा सहयोग उपलब्ध गराउने न कुनै प्रतिवद्धता जनाए न कुनै निर्णय नै गरे । घाइतेको औषधि उपचार गर्नेलगायतका केही निर्णय गर्नुबाहेक अरु केही भएन ।

 घटना भएको ३ दिन भइसक्दा समेत सरकारको तर्फबाट त्याहाका पिडितहरुले कुनै राहतको महसुस गर्न पाएको छैन । एक महिना अघि आफ्ना पार्टीका नेताको निधन हुदां आकस्मीक मनत्रीपरिषदको बैठक बसेको सरकारले २७ जनाको ज्यान जाने गरी भएको दैविक प्रकोपमा परेका देशका आफ्नै जनताहरुको लागि एउटा त्रिपाल सम्म पु¥याउन नसक्नु यो भन्दा विडम्बना अरु के होला र ?

३ दिनसम्म पनि उक्त प्रभावित क्षेत्रका पिडितहरुले न गास पाएका छन, न बस्ने बास नै पाएका छन । अहिले पनि त्यस क्षेत्रका जनताहरुको बास्तविक अवस्थाबारे सवै सामाजिक संजाल तथा संचारमाध्यमहरुमा आएका दृश्य र समाचारहरुले प्रष्ट पारेको छ । यस्तो गंम्भिर घटनामा समेत सरकार संवेदनशिल र गंम्भिर नदेखिनुले सरकारको आलोचना हुनुलाई नकरात्मक लिनु जायज होला र ? त्यसो त प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री भएदेखि विभिन्न शत्तिशालि कार्यलय,विभागहरु आफ्ना मातहत ल्याएर शत्तिकेन्द्रित गरेका छन ।

तर उक्त कार्यालय र संघसंस्थाहरुबाट हुनुपर्ने काम भने कहि कतै देखिएको छैन । अहिले दैविप्रकोप उद्धार कोष पनि प्रधानमन्त्री मातहत नै ल्याएका छन । र कोषमा अहिले करोडौ बजेट पनि छ । तर प्रधानमन्त्री अध्यक्ष रहदां समेत यस्तो विपतको बेला समेत रातहको लागि केही रकम विनियोजन हुने कुनै तयारी समेत छैन । विभिन्न राजनितिक दल तिनका सांसदहरुले समेत आफ्नो तलबबाट सहयोग गर्ने प्रतिवद्धा जनाएका छन, र प्रदेश सरकारले पनि सहयोगको घोषणा तथा राहतको कार्यक्रमलाई अघि बढाइसकेको छ ।

केहि संघसंस्थाहरुले पनि सहयोग गर्ने प्रतिवद्धता र केहीले प्रतक्ष्य सहयोग समेत लिएर घटनास्थलहरुमा पुगीसकेका छन । तर प्रधानमन्त्री,देशका मन्त्रीहरु घटनास्थल गुमेर त आए तर सहयोग र राहतको लागि अहिलेसम्म कुनै पहलकदमी हुन नसक्नु सांच्चिकै दुखद पक्ष हो । यस्तै हो भने प्रधानमन्त्री ओलीले लिएको सुखी नेपाली,सम्बृद्ध नेपालको सपना पुरा होला र ?



प्रतिक्रिया दिनुहोस्