Logo

बारा र पर्सामा आएको आँधीबाट प्रभावितको घर सरकारले बनाइदिने, सेनालाई जिम्मा



काठमाडौं, २१ चैत । सरकारले आइतबार राती बारा र पर्सामा आएको आँधीबाट प्रभावितको घर बनाइदिने भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रभावित सबैको घर बनाइदिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल प्रसाद बास्कोटाले जानकारी दिए ।

उनका अनुसार प्रभावितको घर बनाउने जिम्मा नेपाली सेनालाई दिने निर्णय पनि भएको छ । घर वर्षायाम अघि नै बनाइने सरकारको तयारी छ । प्रवक्ता बास्कोटाका अनुसार घरको मोडालिटी जनता आवास कार्यक्रमको जस्तो हुनेछ । तस्विर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्