काठमाडौं, २२ चैत । नेपाल बार एसोसिएसनका नवनिर्वाचित अध्यक्ष चण्डेश्वर श्रेष्ठले बार सरकारको ईशारामा नचल्ने स्पष्ट पारेका छन् । उनले नेपाल बारलाई माथि लैजानका लागि सम्पूर्ण कानुनी व्यवसायीसंग सल्लाह गरेर सुझाव लिएर थप व्यवसायी बनाउन लाग्ने बताएका छन् ।
उनले गुण र दोषको आधारमा अगाडि बढ्ने भन्दै बेन्चलाई बारको सहयोग चाहिने पनि स्पष्ट पारे । उनले गुण र दोषकै आधारमा बेन्चलाई सहयोग गर्ने पनि बताएका छन् ।श्रेष्ठले विधिको शासन अन्तर्गत रहेर बारले सरकारलाई सहयोग गर्ने पनि उनले बताएका छन् ।
विधिको शासन उल्लंघन गरे बार त्यसको विरुद्धमा जाने भन्दै उनले बार सरकारको गोटी नबन्ने बताएका छन् । श्रेष्ठले निर्वाचनमा प्रतिस्पर्धा भए पनि सेवाग्राहीलाई न्याय दिनका लागि र हकहितमा लड्नका लागि सबै कानुन व्यवसायी एक भएर अगाडि बढ्ने बताएका छन् ।
न्यायपालिकामा चलखेल हुने र अन्याय हुने कामहरु यदाकता भए पनि जनताको आस्थामा कतै पनि कमी आउन नदिनका लागि बारले भूमिका खेल्ने पनि अध्यक्ष श्रेष्ठले बताए ।
बार व्यवसायीक आधारमा चल्ने भएकाले सरकारको इच्छामा नचल्ने उनले बताए । उनले राजनीतिक भागबण्डाका आधारमा न्यायाधीश नियुक्ति हुनु हुँदैन भन्नेमा अडिक रहेको पनि स्पष्ट पारे ।
तस्विर : मुकुन्द कालिकोटे/ReportersNepal.com