Logo

कांग्रेसको किचलो : शुक्रबार सहमतिको प्रचार, शनिवार भाँडभैलो



चैत २३, काठमाण्डौ । नेपाली काङ्रेसको आज बस्ने भनिएको केन्द्रिय समितिको बैठक स्थगित भएको छ । केन्द्रिय कार्य सम्पादन समिती गठन गर्नका लागि तयारी नपुगेको भन्दै बैठक स्थगित भएको भनिएपनि पार्टी सभापति देउवा र बरिष्ठ नेता पौडेल–सिटौलाविच भागबन्डा नमिलेपछि बैठक स्थगित हो ।

लामो समयपछि शनिबारको लागि बोलाइएको कांग्रेस केन्द्रिय समिती बैठक बस्दै नबसी स्थगित भएको हो । अर्को बैठक कहिले बस्ने भन्ने समेत अनिश्चत छ । शनिबारको बैठकमा पार्टीको कार्यसम्पादन समिती गठन गर्ने एजेण्डा रहेपनि नेताहरुविचको भागबन्डा नमिले पछि बैठक स्थगित भएको हो । पछिल्लो समय नेपाली कांग्रेस आफैभित्रको आन्तरिक द्धन्द्धमा फसेका कारण राष्ट्रिय मुद्दाहरुमा समेत खासै भुमिका खेल्न सकेका छैनन ।

पार्टी सभापति शेरबहादुर देउवाको पार्टीका नेता तथा कार्यकर्ताहरुबाट आलोचना भइरदां शनिबार पार्टीको केन्द्रिय समिती बैठक बोलाएर देउवा भने एक कार्यक्रमको लागि पोखरा गएका थिए । यसले पनि देउवा प्रति नेताहरु थप रुष्ट भएका छन ।

शनिबारको बैठकमा केही नेताहरु बाहेक शिर्ष नेताहरु पार्टी कार्यलय पुगेका थिएनन । यसले पनि कांग्रेसभित्रको विवादको पारो थप उकालो लागेको छ । तर शुक्रबार पार्टी सभापति देउवाले बोलाइएको छलफलमा सभापति देउवा र वरिष्ठ नेता पौडेलविच कार्यसम्पादन समिती गठनमा सहमती भएको भनिएपनि त्यो भने अझै मिल्न सकेको छैन ।

उता पुर्वमहामन्त्री समेत रहेका अर्का नेता कृष्ण सिटौला पनि असन्तुष्ट छन । तर कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले केही तयारी नपुगेकाले बैठक स्थगित हुनपरेको दावी गरेका छन ।

यसअघि असन्तुष्ट जिल्ला सभापतिहरुले यही चैत २० र २१ गते काठमाडौमा सम्पन्न भेलाले केन्द्रिय समिति बैठकबाट विधान परिमार्जन गर्ने म्यान्डेट दिएका थिए ।

शनिबारको बैठक स्थगित भएसंगै कांग्रेसभित्रको आन्तरिक किचलो झन् बढ्ने देखिएको छ । यो संगै शनिबारको केन्द्र्रिय समितीको बैठकबाट पार्टीले केही निकास पाउछ की भन्ने आश र भरोसा गरेका पार्टीका नेता तथा कार्यकर्ता थप निराश भएका छन ।



प्रतिक्रिया दिनुहोस्