Logo

राप्रपाको प्रदर्शनमा प्रहरी हस्तक्षेप, दर्जनौं कार्यकर्ता घाइते 



काठमाडौं, २५ चैत । हिन्दुराष्ट्र पुनःस्थापनालगायतका २२ सूत्रीय माग राख्दै आन्दोलनमा उत्रिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।

सोमबार राजधानीको रत्नपार्कबाट सुरु भएको र्‍याली बागबजार, पुतलीसडक हुँदै पद्मोदय मोडमा पुगेर धर्ना तथा कोणसभामा परिणत भएको थियो । शान्तिपूर्ण धर्ना चलिरहेकै बेला प्रहरीले प्रदर्शनकारीहरुलाई उठाउँदै ट्राफिक अघि बढाउन खोजेपछि झडप भएको थियो ।

अध्यक्ष कमल थापा टाटामोबाइलमाथि चढेर कार्यकर्तालाई सम्बोधन गरिरहेकामा प्रहरीले उनी चढेको टाटामोबाइलको साँचो खोसेर अघि बढाएको थियो । राप्रपा कार्यकर्ताले घेराउ गरी थापालाई प्रहरीबाट खोसेका थिए ।

झडपपछि थापाले शान्तिपूर्ण कार्यक्रम गर्न पाउने संवैधानिक अधिकारमाथि हस्तक्षेप गरेको भन्दै सरकारले देशलाई मुठभेडमा लैजान चाहेको आरोप लगाए ।

तस्विर : मुकुन्द कालिकोटे /ReportersNepal



प्रतिक्रिया दिनुहोस्