Logo

माधव नेपाल अस्पताल भर्ना, के भएको हो ?



काठमाडौं, २६ चैत । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल अस्पताल भर्ना भएका छन् । नेता नेपाललाई खोकी र ज्वरोले च्यापेपछि अस्पताल भर्ना गरिएको हो ।

तीन दिनको उपचारपछि नेता नेपालको आजै डिस्चार्ज गर्ने तयारी भएको अस्पताल स्रोतले जनाएको छ । नेता नेपाल केहीदिन अघि वारा, पर्सा र रौतहटका विभिन्न कार्यक्रममा सहभागी भएका थिए । त्यहि क्रममा उनलाई ज्वरो र खोकीले च्यापेको थियो ।



प्रतिक्रिया दिनुहोस्