Logo

राजपाले शुक्रबार देशभर प्रदर्शन गर्ने



काठमाडौं, २५ चैत । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले शुक्रबार देशभर शक्ति प्रशर्दन गर्ने भएको छ। सरकारलाई दबाब दिने उद्देश्यले राजपाले देशभर प्रदर्शन गर्ने निर्णय गरेको विज्ञप्तिमार्फत जानकारी दिएको छ।

जन्मसिद्ध नागरिकता पाएकाका सन्तानलाई वंशजको आधारमा नागरिकता दिनबाट वञ्चित गरेर राज्यविहीन बनाउने षड्यन्त्र भएको राजपाको आरोप छ।  शुक्रबारको प्रदर्शनका लागि राजपाले सबै जिल्ला कार्यसमितिलाई परिपत्र गरेको छ।

 अध्यक्ष मण्डलका संयोजक शरदसिंह भण्डारीद्वारा जारी विज्ञप्तिमा सरकार ९ बुँदे मागसहित प्रदर्शन र कोणसभा गर्न लागिएको उल्लेख छ।



प्रतिक्रिया दिनुहोस्