Logo

महाधिवेशन छोडेर राजपा किन जाँदैछ आन्दोलनमा ? रेशम चौधरीका लागि !



चैत २८, काठमाण्डौ । राष्ट्रिय जनता पार्टी (राजपा) को महाधिवेशन बैशाख पहिलो साता नहुने पक्का भएको छ । आन्तरिक विवादका कारण महाधिवेशन निधारित मितिमा नहुने निश्चित भईसकेको छ । राजपाले महाधिवेशन समेत गर्ने नसकेको वेला सरकारविरुद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । राजपाले किन गर्न खौज्दै छ त आन्दोलन ?

राष्ट्रिय जनता पार्टी राजपा राजनीतिक समितिको गत असारमा बसेको बैठकले बैशाख ७, ८ र ९ गते महाविधेशन गर्ने निर्णय गरेको थियो । महाधिवेशन मिति तय भएको ९ महिना भइसक्दा पनि साधारण र सक्रिय सदस्यता वितरण हुन सकेको छैन ।

तोकिएको अवधिभित्र सदस्यता वितरण भइहाले पनि वडा, क्षेत्रीय र प्रदेश अधिवेशनका लागि समय नपुग्ने राजपा नेताहरूको भनाई छ । राजपाको नेताहरु विच नै अविश्वास संङखा पैदा हुँदा महाधिवेशनको टुङगो लाग्न नसकेको हो ।

बुधबार बसेको अध्यक्ष मण्डलको बैठकले संविधान संशोधनसहित नौ बुँदे माग राख्दै सबै जिल्लामा कोणसभा र प्रर्दशन गर्ने निर्णय गरेको हो ।

रेशम चौधरीलाई कञ्चनपुर जिल्ला अदालतले जन्मकैद सजाय सुनाएपछि सरकारलाई दिएको समर्थन फिर्ता लिँदै रुष्ट बनेको राजपाले सडक आन्दोन घोषणा गरेको हो । त्यस्तै जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकतादिनुपर्ने, भ्रष्टाचारी, कालोबजारी नियन्त्रण गर्नुपर्ने, राष्ट्रिय अखण्डता र एकतालाई बलियो बनाउनु पर्नेलगायतका माग अघि सारिएको महासचिव झाले बताउनुभयो ।

सर्वोच्च अदालतद्वारा नै जन्मका आधारमा वंशजको आधारमा नागरिकता दिन गरिएको आफ्नै आदेशको विरुद्ध लाखौं नेपालीलाई नागरिकताबाट वञ्चित गराई राज्य विहीन अवस्थामा पु¥याउने यसखाले आदेशले अत्यन्तै दुःखी र चिन्तित तुल्याएको राजपाले उल्लेख गरेको छ ।

केपीओली नेतृत्वमा सरकार बनेदेखि संविधान संशोधनको मागलाई प्राथमिकतामा राखेर राजपाले राजनीति गर्दै आएको छ । संविधान संशोधन हुने अपेक्षासहित ओली सरकारलाई समर्थन गरेको राजपाले उक्त समर्थन फिर्ता लिइसकेको छ । स्थायी सरकार बनिसकेपछि विकास र समृद्धिको नारा बोकेको सरकारविरुद्ध राजपाको आन्दोलन कति सफल हुन्छ त्यो भने हेर्न बाँकी नै छ ।



प्रतिक्रिया दिनुहोस्