Logo

ओली-प्रचण्डले २३ घण्टासम्म के गरे चन्द्रागिरीमा ?



काठमाडौं, ३० चैत । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड पार्टीको तल्लो तहको एकता टुँगो लगाउनको लागि चन्द्रागिरी पुगेका थिए । स्रोतका अनुसार अध्यक्षद्धय तल्लो तहको एकता टुँगो लगाउनको लागि पछिल्लो समय निकै गम्भिर बनेका छन् । उनीहरुले पार्टीका केही प्रभावशाली नेताहरु लिएर एकता टुँगो लगाउनेगरि अन्तिम गृहकार्य सुरु गरेका हुन् ।

चन्द्रागिरीमा ओली, प्रचण्डलगायत नेकपाका प्रभावशाली नेताहरुले २३ घण्टा बिताएको स्रोतको दाबी छ । व्यवसायी चन्द्र ढकालको निजी रिसोर्टमा उनीहरुले एक रात बिताएका थिए । उनीहरुबीच पार्टी एकीकरण र मन्त्रिपरिषद् हेरफेर गर्ने विषयमा समेत छलफल भएको स्रोतको दाबी छ । विवादित प्रदेश कमिटी र लामो समयसम्म पूरा हुन नसकेको जिल्ला तहको एकीकरणका लागि अध्यक्षद्वय र अन्य नेताहरू एकजुट भएको नेकपानिकट उच्च स्रोतले जनायो । त्यस्तै, उनीहरुबीच मन्त्रीमण्डल हेरफेर गर्नेबारेपनि छलफल भएको छ ।

स्रोतका अनुसार बैठकमा अध्यक्षद्वयका अलावा महासचिव विष्णु पौडेल तथा गृहमन्त्री समेत रहेका सचिवालय सदस्य रामबहादुर थापा बादल समेत सहभागी छन् । बैठकमा उपत्यका विशेष जिल्ला कमिटी गठन गर्ने विषयमा छलफल भइरहेको स्रोतले बतायो ।



प्रतिक्रिया दिनुहोस्