Logo

नेपाल राष्ट्रिय मोडलिङ संघद्वारा पत्रकार धमला सम्मानित



काठमाडौं, ३० चैत । नेपाल राष्ट्रिय मोडलिङ संघले रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलालाई सम्मान गरेको छ । शनिबार नयाँ वर्ष २०७६ को शुभकामना आदानप्रदान कार्यक्रमको अवसर पारेर संघले पत्रकार धमलालाई सम्मान गरेको हो ।

धमलालाई प्रदान गरिएको कदर–पत्रमा भनिएको छ,‘तपाई विगत लामो समयदेखि अत्यन्त निष्ठा, दक्षता, ईमानदारी र समर्पणका साथ पत्रकारिता क्षेत्रमार्फत रचनात्मक भूमिका खेल्दै, समाजसेवाको क्षेत्रमा अतुलनीय योगदान पु¥याउँदै आउनुभएकोमा तपाई श्री बरिष्ठ पत्रकार ऋषि धमलाज्यूलाई यस संस्थाद्वारा नयाँ वर्ष २०७६ को शुभकामनासहित विशेष सम्मान स्वरुप यो कदर–पत्र द्वारा विभुषित तथा अभिनन्दित गर्दछौं।’ संघका केन्द्रिय अध्यक्ष दिनेश शाहीको सभापतित्वमा उक्त शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको थियो ।



प्रतिक्रिया दिनुहोस्