Logo

कहाँ थन्किन्छन् हवाई दुर्घटनापछि आयोगले तयार पारेका प्रतिवेदन ?



वैशाख ३, काठमाण्डौ । पछिल्लो समय नेपालमा हवाइ दुर्घटना बढ्दै गएको छ । नेपालमा हवाई दुर्घटनापछि छानबिन समिति गठन गरिन्छ । समितीले प्रतिवेदन पनि तयार पार्छ तर कार्यन्वयनको नहुंदा पटक –पटक यस्ता दुर्घटना निम्तीने गरेको छ । तर पनि सरकार र सम्बन्धीत पक्ष कहिल्यै गंम्भिर हुन सकेको छैन ।

जव राती बुढी ताती भन्ने नेपाली उखान झै हाम्रो समाजमा कुनै पनि घटना घट्नु पुर्वसावधानी अपनाउनु भन्दा घटना भइसकेपछि तात्ने गर्छ । र विभिन्न समिति,उपसमिती बनाएर घटनाको छानविन पनि गर्छ प्रतिवेदन पनि तयार गर्छन तर कार्यन्यवयन हुदैन । हो यस्तै भइरहेको छ । अहिले हाम्रो हवाइ क्षेत्रमो भएका दुर्घटनामा । पछिल्लो समय मात्रै गत फागुन १५ गते ताप्लेजुङमा पर्यटनमन्त्री रविन्द्र अधिकारी सहति ७ जनाको ज्यान जाने गरी हेलीकप्टर दुर्घटनामा प¥यो,सरकारले छानविन समिती पनि गठन ग¥यो ।

तर अहिले सम्म त्यो समितीले के कति काम ग¥यो भन्ने कुरा बाहिर आएको छैन । त्यसको १ महिना नबित्दै बैशाख १ गते नयां बर्षको पहिलो दिनमै सोलुखुम्बुको लुक्ला एयरपोर्टमा जहाज दुर्घटना परी ३ जनाको निधन भयो । यसरी पटक–पटक हवाइ दुर्घटना भइरदां सरकार समिति बनाउने बाहेक अरु केही काम गर्न सकेको छैन । तर संस्कृतिक पर्यटन तथा नागरिक उड्यान मन्त्रालयका सहसचिव वुद्धिसागर लामिछानेले समितिले दिएको प्रतिवेदन कार्यान्वयन भएको दावी गर्छन् ।

२०७५ सालमा मात्रै ४ वटा हवाई दुर्घटना भएका थिए । भने १४ जनाको अकालमै मृत्यु भएको छ । बैशाख पहिलो दिनमै अर्को दुर्घटनामा परी ३ जनाको निधन भयो । कतिपय हवाई दुर्घटना मानवीय र प्राविधिक कारणले हुने गरेको मन्त्रालयको दावी छ ।

कुनै पनि दुर्घटना भइसकेपछि अर्को पटक दुर्घटना नहोस भन्नको लागि सावधानी अपनाउन छानबिन समिती गठन गर्नुको मुख्य उदेश्य हो । तर उच्चस्तरीय छानबिन समिती गठन गरेपनि कुनै समस्याको हल निस्कन सकेको छैन । हवाई सुरक्षाको विषयलाई प्रत्येक मुलुकले उच्च प्राथमिकतामा राख्ने गरेका छन् । तर नेपालमा भने यस्को सही कार्यन्वयन हुन नसक्नु नै मुख्य समस्या र चुनौती देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्