Logo

शिक्षा क्षेत्रमा अब क्रान्ति सुरु भइसक्यो, माफिया लखेटिछन् : शिक्षा मन्त्री (भिडियो)



वैशाख ४, शिक्षा विज्ञान तथा प्रविधी मन्त्री गिरिराजमणि पोखरेलले ७६ सालभित्र नेपाललाई पूर्ण साक्षर देश घोषणा गर्ने दावी गरेका छन् ।

प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै मन्त्री पोखरेलले अहिलेसम्म ३८ जिल्ला साक्षर भइसेको भन्दै बाँकी जिल्लालाई यही वर्षभित्र साक्षर बनाइने बताए ।

शिक्षा क्षेत्रमा भएका सबैखाले चुनौतिको सामना गर्दै सुधारका लागि नै आफू मन्त्री बनेको दावी गर्दै पोखरेलले सबैबाट सहयोगको अपेक्षा पनि राखे ।

विद्यार्थी भर्ना अभियानलाई सफल बनाउने भन्दै उनले सबै बालबालिकालाई संविधानबमोजिम शिक्षाको पहुँचमा ल्याउने बताए । घरघरमा गएर भर्ना अभियान चलाउने र भर्ना भएका विद्यार्थीलाई विद्यालयमा टिकाउने उपाय पनि अवलम्बन गरिने पोखरेलले बताए ।

घरदेखि सडकसम्म रहेका सबै बालबालिकालाई विद्यालयमा लैजाने उनको दावी छ ।

निजी विद्यालयले लिने मनपरी शुल्कवृद्धिलाई पनि नियन्त्रण गर्ने मन्त्रै पोखरेलको जिकिर छ ।



प्रतिक्रिया दिनुहोस्