Logo

कांग्रेसको जागरण अभियान : पर्ख र हेर



वैशाख ५, काठमाण्डौ । मंगलबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्रदेखि गांउसम्म विभिन्न तिन चरणको जागरण अभियान सुरु गर्ने घोषणा ग¥यो । निर्वाचनपछि पार्टीभित्रै आन्तरिक द्धन्द्धमा फसेको कांग्रेसले यो जागरण अभियानबाट आफुलाई सवैकुरामा बलियो र सुध्रिण बनाउने दावी गरेका छन । के सांच्चिकै यो जागरण अभियानले कांग्रेसलाई सुदृढ बनाउछ त ? भन्न्ने बारे नेपाली राजनितिमा बहस सुरु भएको छ ।

सरकारबारे विभिन्न चरणमा सानो तिनो विरोधका कार्यक्रम गर्दे आइरहेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको गलत काम र क्रियाकलापको विरोध गर्ने उदेश्यका साथ जागरण अभियान गर्न लागेका हुन । कांग्रेसले संविधान संशोधनमा जनमत खोज्नु,सरकारको गलत कामको भण्डारफोर गर्नु आफ्नो अगुवाइमा भएका राजनितिक उपलब्धिबारे जनतालाई बुझाउनु,कार्यकर्तालाई विधानबारे जानकारी गराउनु तथा संगठनलाई सुदृढ पार्दै पार्टीलाई बलीयो बनाउने जागरण अभियानको मुख्य उदेश्य राखेका छन । विगतमा पनि यस्तो कार्यक्रम गरेको कांग्रेसले यो कुनै नौलो कुरा भने होइन । तर त्यो कार्यक्रमको प्रभावकारिता कतिको पर्छ र पार्छ भन्ने प्रश्न प्रमुख हो ।

कांग्रेसको विगतलाई हेर्ने हो भने उही गुटउपगुटको राजनितिबाट कहिल्र्यै माथि उठ्न सकेको छैेन । नेताहरुले एकले अर्कोको अस्तित्व पार्टीभित्रै स्वीकार गर्न सकिरहेको छैन ।तर पार्टीलाई स्थानीय तहसम्म बलियो र जागरुग बनाउनु अभियानको मुख्य उदेश्य रहेको कांग्रेस उपसभापतिले विमलेन्द्र निधीको दावी छ ।

शेर बहादुर देउवा पार्टी सभापति भएको ३ बर्ष कार्यकाल वितिसकेको छ , तर पनि अझै पार्टीको विभिन्न समिती तथा विभागहरु गठनमा नेताहरु विच किचलो कायमै छ । नयां सालसंगै सुरु हुन लागेको यो अभियानबाट पार्टीले सरकारको गलत कामको झण्डाफोर गर्ने र पार्टी संगठन सुध्रिढ भएर आउनुको विकल्प नभएकोमा नेताहरुले जोड दिएका छन ।

आफ्नै पाटीको आन्तरिक कलहमै फसीरहेका कांग्रेसलाई अहिले सरकारको गलत कामको समेत कडा विरोध गर्न नसेको आरोप लाग्ने गरेको छ । कांग्रेसले भने जस्तै यो जागरण अभियानले पार्टीलाई सुध्रिढ र बलियो कांग्रेस बन्ला वा नबन्ला त्यो भने पर्ख र हेरको विषय बनेको छ ।



प्रतिक्रिया दिनुहोस्