Logo

माधव नेपालको प्रस्तावमा प्रचण्ड सहमत, ओली सकरात्मक



काठमाडौं, ५ बैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तल्लो तहको एकता टुँगो लगाउनेगरि बरिष्ठ नेता माधव कुमार नेपालले अघि सारेको प्रस्तावमा नेकपाकै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहमत भएका छन् । अर्का अध्यक्ष केपी शर्मा ओली पनि नेता नेपालको प्रस्तावमा सहमत भएका छन् ।

नेता नेपालले पार्टीको तल्लो तहको एकता टुँगो लगाउनको लागि बरिष्ठताको आधारमा जानुपर्ने र नेतृत्व पाईसकेकालाई फेरि नेतृत्वमा ल्याउन नहुने प्रस्ताव अघि सारेका थिए । यही हप्ताभित्रै एकताको सबै प्रक्रिया टुँगो लगाउनेगरि अध्यक्षद्धय ओली र प्रचण्ड आन्तरिक छलफलमा जुटेका छन् । पछिल्लो समय अध्यक्षद्धय केही प्रभावशाली नेताहरुसहित चन्द्रागिरीमा पुगेका थिए ।



प्रतिक्रिया दिनुहोस्