काठमाडौं, ८ बैशाख । युभेन्ट्सले लगातार आठौं पटक इटालियन सिरी ‘ए’ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । गएराति भएको खेलमा फियोरेन्टिनालाई २–१ गोलअन्तरले पराजित गर्दै युभेन्ट्सले लगातार आठौं पटक उपाधि जितेको हो ।
घरेलु मैदानमा सुरुवाती अग्रता उल्टाएर युभेन्ट्सले जित निकालेको हो ।मिलेनकोभिकले खेलको छैटौं मिनेटमा गोल गर्दै फियोरेन्टिनालाई अग्रता दिलाएका थिए ।
खेलको ३७ औं मिनेटमा सान्ड्रोले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काए । त्यसपछि खेलको ८३ औं मिनेटमा जर्मनले आत्मघाती गोल गर्दा युभेन्ट्सले २–१ को जित निकाल्यो ।योसँगै युभेन्ट्सले लगातार आठ सिजन सिरी ‘ए’ को उपाधि जितेर कीर्तिमान बनाएको छ ।
लिगका केही खेल बाँकी रहँदै उपाधि जित्ने क्रममा युभेन्ट्सले ३३ खेलबाट ८७ अंक जोडेको छ । युभेन्ट्स दोस्रो स्थानको नेपोली २० अंकले अघि रहेको छ ।समग्रमा युभेन्ट्सको यो ३५ औं लिग उपाधि हो । युभेन्ट्सको महिला टोलीले पनि शनिबार नै सिरी ‘ए’ को उपाधि जितेको थियो । एजेन्सीको सहयोगमा