Logo

इङ्लिस प्रिमियर लिग फुटबल : म्यानचेस्टर सिटी पुनः शीर्ष स्थानमा उक्लियो



काठमाडौं, ८ बैशाख । म्यानचेस्टर सिटी पुनः इङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । घरेलु मैदान एतिहाद स्टेडियममा भएको खेलमा टोटनह्यामलाई १–० गोलअन्तरले पराजित गर्दै सिटी शीर्ष स्थानमा उक्लिएको हो ।

सिटीको जितमा युवा खेलाडी फिलिप फोडेनको ५ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । जितसँगै सिटीले ३४ खेलबाट ८६ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको लिभरपुलको समान खेलबाट ८५ अंक छ । त्यसैगरी, गएराति भएका खेलमा फूलहाम, वार्टफोर्ड र न्यूक्यासल युनाइटेड पनि विजयी भएका छन् ।

फूलहामले बर्नमाउथलाई १–० गोलअन्तरले पराजित गर्दा वार्टफोर्डले हडर्स्फिल्डमाथि २–१ तथा न्यूक्यासल युनाइटेडले साउथह्याम्पटनमाथि ३–१ को जित निकाल्यो ।

गएराति नै भएका अन्य खेलमा वेस्टह्याम युनाइटेड र लेस्टर सिटीले २–२ गोलको बराबरी खेल्दा उल्भरह्याम्पटन र ब्राइटनले गोलरहीत बराबरी खेल्दै अंक बाँडेका छन् । इङ्लिस प्रिमियर लिगअन्तर्गत आज राति तीन खेल हुँदै छन् । एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्