Logo

नेकपामा जिल्ला अध्यक्ष र सचिवको टुङ्गो लाग्यो, भोलि नाम सार्वजनिक गरिने



वैशाख ८, काठमाण्डौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिपालय बैठकले ७७ जिल्लामा अध्यक्ष र सचिवको टुंगो लगाएको छ ।

आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले ७७ जिल्लामा पार्टी नेतृत्वको टुंगो लगाएको हो । बैठकले केही दिनमै केन्द्रीय समिति सदस्यहरुको कार्यविभाजनको टुंगो लगाउने समेत निर्णय गरेको छ ।

पार्टी एकतालाई अन्तिम रुप दिन आइतबार साँझ सचिवालय बैठक बोलाइएको थियो । बैठकमा अध्यक्षद्वय केपी ओलीसँगै पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव विष्णु पौडेलसहित सचिवालयका नेताहरु उपस्थित थिए ।

बैठकअघि बसेको शीर्ष नेताहरुको छलफलमा सोमबार नै एकता टुङ्ग्याउने गरी आइतबार दिनभर गृहकार्य गर्ने र बेलुका सचिवालय बैठक बोलाएर एकता प्रस्तावलाई अनुमोदन गर्न सचिवालय बैठक बोलाउने सहमति भएको थियो ।



प्रतिक्रिया दिनुहोस्