गणेशप्रसाद तिमिल्सिना, अध्यक्ष, राष्ट्रिय सभा: देश समृद्धिको अभियानमा रहेकाले सबैमा एकताभाव आवश्यक छ । माहुरीले झै मेहनत गरी देशको मुहार फेर्ने अवसर हामीमा आएको छ । यो अवसरको सदुपयोग गर्दै देशलाई विकास र निर्माणको युगमा प्रवेश गराउनुछ । समृद्ध नेपाल सबै नेपालीको संकल्प बनेको छ । सबैको चाहना विकास र समृद्धि भएकाले यसमा राष्ट्रिय एकता बनाउनुपर्छ । सबैले आआफ्नो स्थानबाट रचनात्मक भूमिका निर्वाह गरी देश विकासमा योगदान दिन सके समृद्धि नेपालको लक्ष्य चाँडो हासिल हुन सक्छ ।
अन्त्यमा, रिपोर्टर्स क्लब नेपाल २०औं वर्ष पूरा गरी २१ औं वर्षमा प्रवेश गरेको अवसरमा क्लबले विभिन्न लेख तथा गतिविधि समेटी समृद्धिको यात्राको सेरोफेरोमा स्मारिका प्रकाशन गर्न लागेकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । समसामयिक विषयमा छलफल तथा मिडियाको माध्यमबाट देशमा लोकतन्त्रको संस्थागत विकास, राजनीतिक स्थायित्व, आर्थिक समृद्धि र दिगो शान्तिका लागि रिपोर्टर्स क्लबको सक्रियता प्रशंसनीय छ ।
जनताको घरदैलोमा सत्य तथ्य सूचना पु¥याउँदै आएको क्लबले दिगो शान्तिसहितको समृद्ध नेपाल निर्माणको अभियानमा आगामी दिनमा अझ प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गर्दछु । स्वस्थ एवं रचनात्मक आलोचना र सकारात्मक सोचको विकास गर्न क्लबले महत्वपूर्ण भूमिका निर्वाह गर्न सफल हुनेछ भन्ने विश्वास लिएको छु । आगामी दिनमा नेपालको समृद्धितर्फको गतिलाई सामूहिक छलफलमार्फत सबैको सहभागितामा अगाडि बढाउन क्लबको महत्वपूर्ण भूमिकाको अपेक्षा गर्दछु । ०००