Logo

माधवकुमार नेपाल एकता कार्यक्रमबाटै बाहिरिनुको रहस्य यस्तो छ



वैशाख ९, काठमाण्डौ । आज सम्पन्न जिल्ला तहको एकता घोषणामा सहभागि वरिष्ठ नेता माधवकुमार नेपाल कार्यक्रम नसकिदै बाहिरिएपछि निकै चर्चा भइरहेको छ । कतिपयले जिल्ला तहको नेतृत्वमा गरिएको बाँडफाँटप्रति असन्तुष्टी भएको आशंका गरेका छन् ।

तर नेपालले कार्यक्रममा आफूले सम्बोधन गर्न नपाएपछि असन्तुष्ट भएर कार्यक्रमको बिचमै निस्किएको पाइएको छ ।

कार्यक्रममा प्रधानमन्त्री तथा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाललाई मात्रै सम्बोधन गर्न दिएकोमा असन्तुष्ट बनेका नेपाल कार्यक्रममा पुरै समय नबसेका हुन् ।

नेपालले पार्टीभित्रै आफूलाई अपहेलना गरिएको महसुश गरेर सांकेतिक विरोध गरेका हुन् । अर्का वरिष्ठ नेता झलनाथ खनालसँग यस विषयमा कुरा गर्दा आफूसमेत छक्क परेको प्रतिक्रिया दिएका छन् ।

जिल्ला तहको एकता सहमतिमै गरिएको भए पनि कार्यक्रममा उचित महत्व नदिएपछि नेपालको अर्को असन्तुष्टी पोखिएको छ ।



प्रतिक्रिया दिनुहोस्