Logo

नायिका श्वेता खड्काको घाँटीमा ट्युमर, भारतमा शल्यक्रिया गराईन् (फेशबुकमार्फत यस्तो लेखिन्)



काठमाडौं, १६ बैशाख । चर्चित अभिनेत्री श्वेता खड्काको अहिले भारतमा उपचार भैरहेको छ । गर्धनमा ट्यूमर देखिएपछि भारतको नयाँ दिल्लीस्थित् बिएलके सुपर स्पेसियालिटी अस्पतालमा ल्यक्रिया गराइएको छ । आफ्नो शल्यक्रिया सफल भएको उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन् ।

श्वेता आफ्नो नयाँ चलचित्र ‘हेल्लो जिन्दगी’ को सुटिङका लागि लन्डन पुगेकी थिइन् । त्यहाँ केही दिन सुटिङ गरेपछि आफू अस्वस्थ बनेको उनले बताएकी छन् । श्वेताले आफ्नो फेसबुमा यस्तो लेखेकी छन,‘लन्डन जानुभन्दा केही दिन अगाडि पनि मेरो चिउँडो मुनिको भागमा दुखाई भएको थियो । डाक्टरसँग परामर्श गर्दा ट्यूमर देखियो । तर, यसबाट डराउनु नपर्ने र केही महिनापछि शल्यक्रिया गर्दा पनि हुने डाक्टरले बताउनुभयो । तर, लन्डनमा फेरि समस्या दोहोरियो । खप्नै नसक्ने गरी दुख्ने र ज्वरोसमेत आएपछि अस्पताल गएँ । त्यहाँ डाक्टरले चाँडोभन्दा चाँडो शल्यक्रिया गर्न सुझाव दिनुभयो ।’

तस्विर सौजन्य : श्वेता खड्काको फेसबुक



प्रतिक्रिया दिनुहोस्