काठमाडौं, १६ बैशाख । संघीय समाजवादी फोरम नेपालका राजेन्द्र श्रेष्ठले संविधान संशोधनको विषय अगाडि नबढे सहकार्य टुट्न सक्ने चेतावनी दिएका छन्।
सोमबार प्रतिनिधि सभाको चौथो अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् । सांसद श्रेष्ठले भने,हामी जनु बेला सरकारमा सामेल भएका थियौं। संविधान संशोधनसम्बन्धी दुई बुँदे सहमति गरेका थियौं। आजसम्म कुनै कदम चालिएन।’
श्रेष्ठले भने,’संविधान संशोधनको कुरा वेवास्ता गरिन्छ, सरकार तत्पर हुन्न, यो कुरा हुँदैन भने वर्तमान नेकपासँग सहकार्य टुट्न पनि सक्छ।’ सांसद श्रेष्ठले संसदको रोष्ट्रमबाट बोलिरहँदा संघीय समाजवादी फोरका तर्फबाट सरकारमा सामेल भएका उपप्रधानमन्त्री एवम् फोरम अध्यक्ष उपेन्द्र यादव अर्का उपप्रधानमन्त्री ईश्वर पोखरेलसँग खुसी साथ कुरा गरिरहेका थिए।